आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०७९ आइतबार, १९ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ फागुन २०७९ आइतबार, १९ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

१९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण ७ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी १९ तारिख फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथि श्रवण नक्षत्र वरियान योग चतुष्पाद करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । राष्ट्रिय प्रजातन्त्र दिवस ।

आजको राशिफल

मेष – आज नयाँ सम्भावनाका साथै कर्मबल बढ्ने दिन भए पनि अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। श्रमको पाउनुपर्ने मूल्य वा परिणाम प्राप्त नहुन सक्छ । स्वास्थ्यमा पनि कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा उत्पन्न हुनुका साथै सानातिना काममै अल्झनुपर्नेछ । तथापि तपाईंको मेहनतले धेरैको विश्वास जित्न सक्छ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्नाले आशा उत्साह थपिएला । यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। तर सहयोगको आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् । परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन पनि सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दिन शुभदायी छ । कार्यक्षमता वृद्धि हुनेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आम्दानी बढ्ने योग छ । प्रेमको बन्धन कसिने छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध रहला । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आशा उत्साह बढ्नेछ ।

कर्कट – दामपत्य सुख बढ्ने र आरोग्यता वृद्धि हुने दिन छ । दिन उत्साहपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । सामान्य आम्दानी भइरहनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आज सवारी साधनको प्रयोगमा पनि विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्, विचार अभिव्यक्त गर्दा संयमता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आरोग्यता र साहस बढ्नेछ । चिताएको काम सजिलै सम्पादन हुनेछ तर आफू कमजोर भएको अनुभूति होला । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा पनि आज मन नजाला । प्रयत्न गर्दा विगतका कमजोरीलाई भने सच्याउन सकिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद, भ्रमण एवम् रसरागप्रति आकर्षण रहला ।

कन्या – दौडधुप वृद्धि हुनेछ भने ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । बाध्यताका काममा जुट्नुपर्ने र केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रतिस्पर्धी परास्त होलान् । साझेदारीको काम बन्नेछ ।

तुला – आजको दिन प्रेमभाव वृद्धि हुने र आनन्द बढ्ने योग छ । मुद्दामामिलामा विजयी भइनेछ । व्यापारमा सामान्य लाभ होला । नयाँ योजना कार्यान्वयन गर्न केही समय पर्खनु हितकर होला । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – आज व्यस्तता बढ्नेछ भने अधिकारका लागि केही संघर्ष हुन सक्छ । परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । तथापि कर्ममा सफल साबित हुनुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – मिश्रित फलदायी समय छ । मान–महत्व र आरोग्यता बढ्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । साझेदारीको काम बन्नेछ । धनको आगमन भइरहनेछ ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । म र मित्रताको बन्धन कसिने सम्भावना छ तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफन्तको साथ मिल्नेछ । वर्चश्व बढ्ला ।

कुम्भ – आज काम बिग्रने डरले सताए पनि परिस्थिति भने भिन्न रहनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ भने आफ्नो प्रतिभा प्रस्तुत गरेर अर्काको मन जित्न सकिनेछ। अध्ययन कार्यमा प्रगति हुने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । प्रयासरत काम बन्नेछ, देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – कार्यबल बढ्नेछ भने सुख वृद्धि होला । प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा आर्जन गर्न सक्नुहुनेछ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तर आज सवारी साधनको प्रयोगमा भने सावधानी अपनाउनुहोला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आरोग्यता वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।