आजको पञ्चाङ्ग एवम् राशिफल (८ फागुन २०७९ सोमबार, २० फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ फागुन २०७९ सोमबार, २० फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण ८ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी २० तारिख फाल्गुन कृष्ण पक्षको अमावश्या तिथि धनिष्ठा नक्षत्र परिघ योग किंस्तुघ्न करण आनन्दादिमा शुभ योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा र सूर्यास्त साँझ १७ः५७ बजे हुनेछ । सोमबारे औंसी ।

आजको राशिफल

मेष – आजको दिन भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ, कर्ममा जोड लगाउनुस् । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । तर नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ, ध्यान राख्नुहोला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कर्मबल बढ्ने भए पनि आजको दिन मिश्रित फल दिने किसिमको छ । सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ । सुकर्मको प्रयास गर्दागर्दै पनि परिस्थिति प्रतिकूल रहने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन भाग्यबल बढ्नेछ । ग्रहयोगले नसोचेको ठाउबाट धनलाभ दिलाउने देखिन्छ, तर बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आशा उत्साह बढ्ने र आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – आज दौडधुप बढ्नेछ । कठोर मिहिनेतले काम पनि बन्नेछ । मिठो भोजन प्राप्त होला । दिन रमाइलैसँग बित्नेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त भइ सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। दामपत्य सुख बढ्नेछ । आज स्वास्थ्यप्रति भने विशेष ससचेत रहनुपर्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आज सामर्थ्य वृद्धि हुनेछ भने ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । अनायसै धन खर्चनुपर्ने अवस्था आइपर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । काममा सोचेभन्दा कम फाइदा मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आरोग्य वृद्धि हुने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने प्रतिस्पर्धी परास्त होलान् । काममा सोचेजस्तै सफलता मिल्नेछ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला, ध्यान राख्नुहोला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहनेछ ।

वृश्चिक – प्रेमभाव बढ्नेछ । आरोग्य वृद्धि होला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गरे प्रयास सार्थक रहनेछ । धन आर्जन गर्ने मौका मिल्ला । पराक्रम र उत्साह बढ्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – पराक्रम बढ्नेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर बन्ने निश्चय भएको काम बिग्रन पनि सक्छ । आरोग्यता बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग तथा समर्थन प्राप्त हुनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ ।

मकर – मान महत्व र आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आशा उत्साह बढ्ला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । यश वर्चश्व र आयस्रोत बढ्ला ।

कुम्भ – आरोग्यता वृद्धि हुनेछ । आत्मविश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ, ध्यान राख्नुहोला । देखापरेको समस्याको समाधान मिल्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आज भाग्यले साथ दिनेछ । कार्यदक्षता वृद्धि हुनेछ । होसियारीसाथ काम लिन सके नसोचेको लाभ मिल्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । तर फाइदाको पछि लाग्दा साथीभाइ टाढिन पनि सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।