नागरिक शक्ति नेपालको महिला विभागलाई पूर्णता दिइएको छ ।
पार्टीका केन्द्रीय प्रतिनिधिहरू शम्भुमान सिंह र दीपक सिंह महर्जनको विशेष उपस्थितिमा विभाग प्रमुख अन्जना प्रधान (अक्षता) ले गठन गर्नुभएको उपप्रमुखमा गीता सेढाइँ यादव, सदस्य सचिवमा रुपा पौडेल र सदस्यहरूमा कल्पना मेगाले मगर, ज्योति न्यौपाने, मृदुला शर्मा, अस्मिता प्रधान, सुनिला मिश्र, भगवती श्रेष्ठ, शैलजा बानु र भावना श्रेष्ठ रहेका छन् ।
मङ्गलबार काठमाडौंको सीतापाइलामा बसेको विभागको बैठकले नागरिक शक्ति राष्ट्रिय महिला सङ्घको संयोजकमा मृदुला शर्मालाई चयन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया