आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०७९ शुक्रबार, २४ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ फागुन २०७९ शुक्रबार, २४ फरवरी २०२३)


✍अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १२ गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी २४ तारिख फाल्गुन शुक्ल पक्षको पञ्चमी तिथि रेवती नक्षत्र ८ः२३ पर अश्विनी नक्षत्र शुक्ल योग बब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मीन राशिमा ८ः२३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त साँझ १८ः०० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मित्रजनको साथ प्राप्त हुनेछ । मान, सुख बढ्नेछन् । आज अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । तर, आर्थिक कारोबारमा समस्या आउनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन रामै छ । मनोरञ्जनका साथ समय ब्यतीत होला । दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्य सवल तुल्याइराख्नका लागि खानपानमा विचार राख्नुपर्नेछ । नयाँ काम पाउने योग छ । शुभ समाचार प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आयबल र कार्यक्षमता वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । कतै यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आजको दिन चरित्रसम्बन्धी दोष लाग्न सक्ने योग भएकोले विपरित लिङ्गीबाट टाढा रहनु हितकर हुनेछ ।

कर्कट – कर्मबल बढ्ने र मिठो भोजन प्राप्त हुने दिन छ । तर अध्ययन–अध्यापनमा अवरोध आउन सक्छ । आजको कुनै निर्णय खराब हुनसक्छ निर्णय गर्दा अलि विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – सामर्थ्य र साहस बढ्नेछ । बलभन्दा बुद्धिको काममा जोडदिनु हितकर होला । खर्चका बाध्यता धेरै आइपर्ने छन् । आज सकभर आर्थिक लेनदेन नगरेकै राम्रो । विभिन्न उपहार प्राप्त हुने समय छ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – मनोकूलको काम बन्नेछ । तर, आजको दिन कतैबाट विश्वासघात हुन सक्छ, भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रिया सहज अघि बढ्ला । पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेरै बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आरोग्य वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त होला । तर सोचेको समयमा सम्पादन गर्न नसकिने योग छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, सावधान रहनुहोला । आज तपाईंको कामको तारिफ गर्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – स्वास्थ्य सवलताका लागि खानपानमा एकदम सजक रहनुहोला । आज आमदानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग वादविवाद हुन पनि सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सक्छ । गोपनियतामा निरन्तर रहनु उचित हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्ला ।

धनु – आरोग्यता बढे पनि आज घरेलु समस्याले सताउन सक्छ । पति–पत्नीबीच विवाद बढ्ने योग छ, सावधान रहनुहोला । मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित रहला । तपाईंका कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । गोपनियतामा ध्यान दिनुहोला । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । आज कुनै पनि क्षेत्रमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । धन आर्जन हुने समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् ।

कुम्भ – आजको दिन पराक्रम वृद्धि हुनेछ भने बोलीको प्रभाव बढ्नेछ । तथापि, स्वास्थ्य कमजोर बन्न सक्छ, खानपानमा ध्यान दिनुहोला । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । समस्याको समाधान मिल्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – आजको दिन आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । निको भइसकेको रोगले पुनः सताउने देखिन्छ । तथापि, लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत बढ्ने योग पनि छ । समस्याको समाधान प्राप्त हुनेछ ।