आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०७९ शनिबार, २५ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ फागुन २०७९ शनिबार, २५ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १३ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी २५ तारिख फाल्गुन शुक्ल पक्षको षष्ठी तिथि अश्विनी नक्षत्र ८ः११ पर भरणी नक्षत्र ब्रम्हा योग कौलव करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ बजे भयो र सूर्यास्त साँझ १८ः०१ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मनोरञ्जनपूर्ण रहे पनि यात्रागत चुनौती आइपर्न सक्छ । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । पारिवारिक सुख मिल्नेछ भने विद्यार्थी वर्गका लागि सुखद परिणाम हात लाग्ने समय छ । साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काममा समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आर्थिक तथा व्यवसायिक रूपमा फाइदाकै योग छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आज यात्रामा धनमाल हराउन सक्ने हुँदा सकभर यात्रा टार्नु हितकर होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – व्यावसायिक यात्राको सम्भावना छ । मनोरञ्जन पूर्ण समय रहेको छ । प्रेमको बन्धन कसिने बेला छ । पारिवारिक सहयोग प्राप्त होला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आर्थिक काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – कर्मबल र सुख वृद्धि हुनेछ । परिवारमा आत्मीय भाव बढ्नेछ । तथापि बोलीको विपरीत अर्थ लाग्न सक्ने हुँदा संयमित अभिव्यक्ति राख्नु हितकर होला । आज नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । मिठो भोजन मील्नेछ । आनन्दमा वृद्धि होला ।

सिंह – अधिकार सुरक्षा गर्न जुट्नुपर्ने समय छ । गरी आएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । खर्च पनि बढ्नेछ । पारिवारिक वातावरण प्रतिकुल रहन सक्छ । तर स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्य क्षमता वृद्धि हुने समय छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । परिवारिक सुख वृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । आशा उत्साह थपिनेछ ।

तुला – दिन राम्रो छ । आरोग्यता वृद्धि हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्ला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् । आफन्तको सहयोग समर्थन मिल्नेछ । मन प्रशन्न रहनेछ ।

वृश्चिक – आरोग्य वृद्धि र नयाँ दायित्व प्राप्त हुने समय छ । कर्मबल बढ्नेछ । अनावश्यक कामको बोझसमेत थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेतना अपनाउनुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – प्रेमभाव बढ्नेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आजको दिन शुभदायी रहनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । प्रतिस्पर्धामा विजय प्राप्त होला । महत्वाकांक्षी योजना फलीभूत होलान् । घरपरिवारको स्थिति अनुकूल रहला ।

मकर – दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने सुखद समाचार सुन्न पाइनेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सम्बन्ध विकसित होला । रसरागमा रुचि बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – आजको दिन तपाईंको प्रतिभाको कदर हुनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । विशिष्ट व्यक्तिको विचार र व्यवहारले प्रभावित तुल्याउन सक्छ । आइपरेका चुनौती र अप्ठ्याराहरू हट्नेछन् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सुखशान्ति बढ्ला ।

मीन – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा भने समस्या देखापर्ने देखिन्छ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । हिम्मतले काम लिन सकिनेछ । परिवारमा पाहुनाको खातिरदारीमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ ।