आजको पञ्चाङ्ग एवम् राशिफल (१४ फागुन २०७९ आइतबार, २६ फेब्रुअरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ फागुन २०७९ आइतबार, २६ फेब्रुअरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं।११४३ वि।सं। २०७९ फाल्गुण १४ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी २६ तारिख फाल्गुन शुक्ल पक्षको सप्तमी तिथि भरणी नक्षत्र ८ः२७ पर कृतिका नक्षत्र ऐन्द्र योग गर करण आनन्दादिमा काल योग चन्द्रमा मेष राशिमा १४ः३६ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः३४ मा र सूर्यास्त साँझ १८ः०१ बजेमा हुनेछ । रविसप्तमी व्रत, त्रिपुष्कर योग ८ः२७ देखि २९ः०६ बजेसम्म ।

आजको राशिफल

मेष – प्रतिस्पर्धामा केही कमजोर सावित भएको अनुभूति भए पनि आज दिन राम्रै छ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – शुभ समाचार प्राप्त हुने दिन छ । आर्थिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । आश मारेको कुराको फल पुनः प्राप्त हुन सक्छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दूरदेशबाट शुभ समाचार प्राप्त हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज कर्मबल बढ्नेछ । शुभ काम बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने बेला छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज आम्दानी बढ्ने योग छ, आर्थिक क्रियाकलापमा ध्यान दिनु हितकर होला । बिनाप्रतिस्पर्धा नै फाइदा हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । अरूको भरपर्दा काम रोकिन पनि सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । साहस बढ्नेछ । रसराग वृद्धि होला ।

कन्या – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – दामपत्य सुख बढ्नेछ बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने र दाम्पत्य सुख बढ्ने योग भए पनि आज खर्चको मात्रा भने बढ्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ । धनमाल हराउने सम्भावना पनि रहेकोले सजगता अपनाउनुहोला । ।

वृश्चिक – आजको दिन साहसका साथै आरोग्यता पनि वृद्धि हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । मान्यजन वा विशिष्ट व्यक्तिसँग भने विवादको सम्भावना छ ।

धनु – आरोग्यता र प्रेमबल बढ्ने दिन छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । मान्यजनको सुझाव शिरोधार्य गर्दा हितकर होला । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – व्यस्तता र आरोग्यता बढ्नेछ । कमजोर मानसिकताले पछि परिनेछ तर हिम्मत गर्नुभयो भने पुरुषार्थी काम सम्पादन हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ला ।

कुम्भ – शुभता बढ्ने र पराक्रम वृद्धि हुने दिन छ । प्रयासरत काम बन्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । सजगताका साथ गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका छ । नयाँ सम्भावना देखा पर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आशा उत्साह वृद्धि हुनेछ । भाग्यले साथ दिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि समस्याको सजिलै समाधान प्राप्त होला ।