आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०७९ बुधबार, १ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ फागुन २०७९ बुधबार, १ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १७ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च १ तारिख फाल्गुन शुक्ल पक्षको नवमी तिथि ६ः४९ पर दशमी तिथि मृगशिरा नक्षत्र १२ः१३ पर आर्द्रा नक्षत्र प्रीति योग तैतिल करण आनन्दादियोगमा अमृत योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ बजे र सूर्यास्त साँझ १८ः०३ बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि र आशा उत्साह बढ्ला । रोकिएका काम सम्पादन हुने दिन छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर प्राप्त होला । तर परिवारमा भने असमझदारी बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । सन्तानको सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मान-महत्व बढ्नेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । धेरैको मन लोभ्याउन काम गरिएला सकिनेछ । तथापि, आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानी र परिश्रमको प्रतिफल कम मात्रै मिल्ने देखिन्छ । चोरी वा ठगीमा परिने सम्भावना छ। सचेत रहनुहोला । आर्थिक कारोबार गर्दा सजगता अपनाउनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – दिन राम्रो छ । आरोग्यता बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन होला ।

कर्कट – लगानी र खर्च वृद्धि हुनेछ । रोकिएका काम बन्नेछन् । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । समय मनोरञ्जनपूर्ण छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । तर, अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।

सिंह – आजको दिन आयबल बढ्ला । आफन्तसित भेटघाट हुने सम्भावना छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ने समय छ । सरकारी कडिकडाउको सिकार भइने सम्भावना छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ, व्यवस्थापनको प्रयस गर्नुहोला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । टाढाको यात्रा सम्भावना छ, अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्ने समय छ । तर, आजको दिन आर्थिक कारोबार नगरेको राम्रो होला । लेनदेनमा विवाद हुनेछ । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । आत्मीयजनसँग भेटघाट हुने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । रसविलासमा रुचि बढ्नेछ ।

तुला – भाग्यबल वृद्धि भइ सुख बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । मन प्रशन्न रहनेछ । एकपछि अर्को अवसर मिल्ला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । तथापि, बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – कर्मबल र शुभता बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । मनोरन्जनमा समय ब्यतीत होला । नयाँ कामको प्रस्ताव आउनेछ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ ।

धनु – दामपत्य सख र आरोग्यता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । ब्यापार ब्यावसायमा फाइदा होला, जोश–जाँगर बढ्ला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पढाइलेखाइमा प्रगति हुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उचित रहला ।

मकर – आजको दिन संघर्षमय रहला । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनुहोला । समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । धैर्यताका साथ व्यवहार गरे सफलता मिल्नेछ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । रसरागमा रुचि बढ्ला ।

कुम्भ – प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि होला । घरपरिवारको स्थिति अनुकूल रहनेछ । तथापि, सानातिना काममा समय बित्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ ।

मीन – आजको दिन परोपकारका कार्यमा मन जाला । तीर्थाटनको अवसर प्राप्त हुनेछ । तपाईंको बोली–व्यवहारले धेरैलाई आकर्षण गर्ने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएको काम बन्न सक्छ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।