आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७९ बिहीबार, २ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ फागुन २०७९ बिहीबार, २ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १८ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च २ तारिख फाल्गुन शुक्ल पक्षको दशमी तिथि ८ः२१ पर एकादशी तिथि आर्द्रा नक्षत्र १४ः२१ पर पुनर्वसु नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १८ः०४ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय राम्रो हुँदैछ । पराक्रम बढ्नेछ । आशा उत्साह वृद्धि हुनेछ । बिस्तारै कामका बाधाहरू हट्नेछन् भने नसोचेको ठाउँबाट धन प्राप्त होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना भने गोप्य राख्नुहोला । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आर्थिक कार्यक्रममा सफलता प्राप्त हुने समय भए पनि काममा अवरोध आउनाले मन खिन्न रहनेछ । स्वास्थ्य पनि खासै अनुकुल नरहला । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनुपर्नेछ । विलासितामा धन खर्च हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज सहयोगीहरूले भने राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । विभिन्न आशा देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आर्थिक काम बन्नेछ । कर्मबल बढ्नेछ । रसराग वृद्धि होला ।

कन्या – आजको परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनमा विवाद निम्तिन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ, तर सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा भने दिलाउनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मित्रजनले सुखदुःखमा साथ दिनेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त होला । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । मनोकूलको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – हिम्मतले काम बनाउन सकिने दिन छ । गुमेको प्रतिष्ठा फिर्ता हुने योग पनि छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । आर्थिक लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा परिजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आज कुनै अवसर प्राप्त भए पनि सफलीभूत तुल्याउन निकै मिहेनत पर्ला । स्वास्थ्य कमजोर रहनाले काममा असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनुहोला । गोपनीयतामा विशेष ध्यान पु¥याउनुहोला । आफन्तको साथले आत्मविश्वास बढाउन सक्छ ।

कुम्भ – आज काम बिग्रने डरले सताइरहनेछ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले पनि ढिलासुस्ती होला । व्यवसायमा भने फाइदा हुने समय छ, आम्दानी बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । खर्च र दोडधुप केही बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।