करांते खेलाडी श्रीलंका प्रस्थान

करांते खेलाडी श्रीलंका प्रस्थान


तेस्रो अन्तराष्ट्रिय खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ जना करातेखेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन् ।

मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कँडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका प्रस्थान गरेका हुन् । खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाइ राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाल करांते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केशीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तर्राष्टिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए ।

विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिँदै मदन भण्डारी स्पार्ट एमेडमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले नेपाली खेलाडीहरु जहिले पनि अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए ।