आइसीसी विश्वकप लिग-२ : युएईसँग नेपालको आज अन्तिम खेल

आइसीसी विश्वकप लिग-२ : युएईसँग नेपालको आज अन्तिम खेल


जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दैछ ।

दुबई इन्टरनेसनल स्टेडियममा घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल र युएईले एकअर्काविरुद्ध खेल्दा दुवैको लिग-२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौँ स्थानमा उक्लिने छ ।

सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो ।

अंक तालिका अनुसार युएई पाँचौँ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौँ स्थानमा उक्लिनेछ ।