‘निफ’को टिकट बुकिङ खुला

‘निफ’को टिकट बुकिङ खुला


आउँदो चैत २ देखि ६ गते (मार्च १६-२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को आजबाट टिकट बुकिङ खुला भएको छ । ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने निफका अध्यक्ष केपी पाठकले जनाएका छन् ।

उनका अनुसार यसपटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।

यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री प्रचण्डबाट हुने बताइएको छ ।

विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।