सबै रेकर्ड ब्रेक्र गर्दै पठानले कमायो दश अर्ब ३६ करोड

सबै रेकर्ड ब्रेक्र गर्दै पठानले कमायो दश अर्ब ३६ करोड


गत जनवरी २५ मा रिलिज भएको फिल्म पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको छ । शाहरुख खानअभिनित पठानले १०३६ करोड (दश अर्ब ३६ करोड) संकलन गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केएफजी-२ ले बनाएको हजार करोडभन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गर्ने नयाँ कीर्तिमान कायम गरेको हो ।

सो फिल्ममा शाहरुखको अलावा दीपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गर्दै पठानले कीर्तिमानी कलेक्सन कायम गरेपछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थालेपछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।