शाहवंशीय राजाहरूको उद्‍‌गमस्थल लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

शाहवंशीय राजाहरूको उद्‍‌गमस्थल लमजुङ दरबारको पुनर्निर्माण गरिँदै


शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण भइरहेको छ । पुरातात्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनःनिर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार भत्काइएको कालीका मन्दिरका पूजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ ।

दरबारको पुनःनिर्माण कार्य गरिँदा पुरानै स्वरुपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरबारको छाना तामाको हुनेछ ।

२०७२ सालको भुकम्पले चर्केको लमजुङ दरबारमा २ पटक चटयाङले थप जीर्णअवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुननिमार्णका लागि पुरातात्विक विभागका डा. जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निर्माण गरिने दरबारको लागि यस वर्ष एक करोड १४ लाख रुपैयाँ लागतमा एसके कन्स्ट्रक्सन भक्तपुरले दरबारको निर्माण कार्य सुरु गरेको हो । १५५० सालमा यशोब्रम्ह शाहको पालामा निर्माण गरिएको लमजुङ दरबार १८२० मा पुनर्निर्माण गरिएको थियो । त्यसपश्चात १९९० को भुकम्पपश्चात वि.सं. १९९२ मा जीर्णोउद्धार गरिएको थियो ।’

लमजुङ दरबार २०४६ सालमा पुनर्निमार्ण गरिएको हो । शाहवंशको शुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।