किरियापुत्री बसेका बडाल उपराष्ट्रपति निर्वाचनमा सहभागी

किरियापुत्री बसेका बडाल उपराष्ट्रपति निर्वाचनमा सहभागी


उपराष्ट्रपति चयनका लागि भइरहेको मतदानमा बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडाल पनि सहभागी भएका छन् ।

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।