श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ


आफ्नै श्रीमती ५३ वर्षीया देवी महतको हत्या गरी फरार रहेका प्रतिवादी मोरङ बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको कारण हेमकर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।