ड्रमको पानीमा डुबेर बालकको मृत्यु

ड्रमको पानीमा डुबेर बालकको मृत्यु


काठमाडौंको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, काठमाडौंको टोखा नगरपालिका–९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् । प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ । शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । मृतक केसीले बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।