देशैभरका सांसदलाई शितल निवासमा चियापान

देशैभरका सांसदलाई शितल निवासमा चियापान


राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन् ।