बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने


बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग-२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए ।

युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । यसअघि सङ्घीय सरकारले प्रतिखेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।