डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानलसहित विजयी भएका हुन् ।

स्ववियु सभापतिमा निर्वाचित नेविसंघका दुर्गा प्रसाद भट्टले ३१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी संगठनका मदनबहादुर बोहराले १०७ मत प्राप्त गरेका छन् । त्यस्तै अनेरास्ववियुका गणेश बहादुर क्षेत्रीले ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुवनेश्वर पनेरूले जानकारी दिए ।

सचिवमा नेविसंघका लोकेन्द्र बोहाराले ३०२, कोषाध्यक्षमा नेविसंघकै देवकी तमौलीले ३०२ मत प्राप्त गरी विजयी बनेका छन् । त्यस्तै सदस्यहरुमा नेविसंघका पूजाकुमारी बोगटी, राजेन्द्रप्रसाद पाण्डेय, महेश्वरी भण्डारी, सुरज बिक र दिपिका पन्त निर्वाचित भएका छन् । कूल ७ सय ९८ मतदाता रहेको क्याम्पसमा ५ सय २३ मत खसेको थियो ।

डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा रहेका थिए । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीसहित अन्य पाँच संगठन मिलेर नेपाल विद्यार्थी संघ (बीपी) र अखिल प्यानलसहित चुनावी मैदानमा रहेका थिए ।