उपनिर्वाचनका लागि चैत ८ देखि १२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने

उपनिर्वाचनका लागि चैत ८ देखि १२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने


निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ ।

वैशाख १० गते बारा-२ र तनहुँ-१ मा हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन-२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा-२ रिक्त हुन पुगेको थियो । तनहुँ-२ बाट निर्वाचित रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

आयोगको सोमबारको निर्णयअनुसार रिक्त रहेका स्थानमा प्रतिनिधिसभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय दिएको हो ।