आजको पञ्चाङ्ग एवम् राशिफल (१७ चैत्र २०७९ शुक्रबार, ३१ मार्च २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ चैत्र २०७९ शुक्रबार, ३१ मार्च २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १७ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च ३१ तारिख चैत्र शुक्ल पक्षको दशमी तिथि तिष्य नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा र सूर्यास्त साँझ १८ः२० बजे हुनेछ ।

आजको राशिफल

मेष – व्यस्तता बढ्नेछ । मनोरञ्जनपूर्ण दिन छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ । दाम्पत्य जीवन सुखद रहला । यात्रा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि र कार्यमा सफलता प्राप्त हुने दिन छ । आशा उत्साह थपिनेछ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्नुका साथै सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । नसोचेको ठाउबाट आर्थिक लाभको योग छ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज स्वास्थ्यमा समस्या आउने र सन्तानपक्षबाट पीडा मिल्ने योग रहेकोले धैर्यशील रहनु हितकर हुनेछ । मेहनतअनुसारको फल मिल्न गाह्रै पर्ला । बौद्धिक र रचनात्मक काममा रुचि रहला ।

कर्कट – आरोग्यता र सामर्थ्य वृद्धि हुने दिन छ । कार्यबल बढ्नेछ । जाँगर बढ्नुका साथै रोकिएका कामहरु बन्नेछन् । आफन्तको साथ मिल्ला । समस्याहरू समाधान हुनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समस्याहरु आफै किनारा लाग्ने छन् भने धैर्यताको मात्रा बढाउन सके उत्तम समय छ । व्यवसायमा लगानी बढाउँदा दीर्घकालिन लाभ मिल्नेछ । यात्राको योग छ । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – यात्राको लागि उचित समय रहेको देखिन्छ । रोकिएका कामहरु बन्न थाल्नेछन् । घरपरिवारबाट सुखशान्ति मिल्ला । कृषिकर्ममा भने चुनौतीको सामना गर्नुपर्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कर्मबल बढ्ने समय भए पनि सोचेअनुरुप काम नहुने र व्यवहारिक काममा पनि कठिनाइ मिल्ला । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहला ।

वृश्चिक – भाग्य वृद्धि हुनेछ । कठोर मिहिनेतले अन्ततः काम बन्नेछ । मिठो भोजन प्राप्त होला । आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुने समय छ । परिवारजनबाट सुख मिल्ला । मित्रजनको साथ प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने समय छ । धनको आगमन होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ । दौडधुपमा समय ब्यतीत हुने दिन छ ।

मकर – आरोग्यता बढ्नेछ । रसरागका कार्य तथा प्रेममा सफलता मिल्नेछ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । सचेतनापूर्वक काम गर्नुहोला । आफन्तको साथ प्राप्त होला । आयस्रोत बढ्ने योग छ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बढ्ने योग भए पनि आज अनावश्यक विवदमा परिने सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नु हितकर होला । मनमा अनावश्यक डर रहला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आजको दिन काम बिगार्न खोज्नेहरू सक्रिय हुन सक्छन् । व्यवारिक समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । घर–परिवारमा खटपट पर्ने योग छ, सावधान रहनुहोस् । तथापि, प्रेमभाव बढ्ने, आनन्द वृद्धि हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ भने समस्याको समाधान प्राप्त हुनेछ ।