आजको पञ्चाङ्ग एवम् राशिफल (२० चैत २०७९ सोमबार, ३ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० चैत २०७९ सोमबार, ३ अप्रिल २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र २० गते सोमबार तद्अनुसार सन् २०२३ अप्रिल ३ तारिख चैत्र शुक्ल पक्षको द्वादशी तिथि ६ः३० पर त्रयोदशी तिथि मघा नक्षत्र ७ः४० पर पूर्वाफाल्गुणी नक्षत्र गण्ड योग कौलव करण आनन्दादियोगमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा र सूर्यास्त साँझ १८ः२१ बजे हुनेछ । सोमप्रदोष व्रत ।

आजको राशिफल

मेष – कामको कदर भइ प्रतिष्ठा बढ्ने दिन छ । पढाइ तथा ब्यापारमा प्रगति होला । राजनीतिमा हुनुहुन्छ भने आफनो बर्चस्व बढाउन सकिने छ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । आज नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । कर्मबल बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – सृजनात्मक काममा सफलता पाइने दिन छ । रोकिएका कामकाज बिस्तारै बन्नेछन्, तर महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । ब्यापारमा पनि फाइदा हुने योग छ । आरोग्य वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । तर, बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद र भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ ।

सिंह – आम्दानी बढ्ने समय छ, तर व्यावसायिक काम बीचैमा अवरुद्ध बन्न सक्छ । पढाइलेखाइमा भने प्रगति हुनेछ । आरोग्यबल बढ्नेछ । कार्यबोझ वृद्धि बढ्नेछ । शुभ समाचार प्राप्त होला । आफन्तसित भेटघाट हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । आर्थिक लेनदेनको लागि आजको दिन अनुकूल छ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आय वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । मनोरञ्जनपूर्ण तरिकाले दिन बित्नेछ । धन पनि आर्जन हुनेछ । रमाइलो भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढ्ला । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न रहला ।

वृश्चिक – कर्मबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । उत्साहवर्द्धक समय भए पनि सोचेअनुरुप काम हुनचाहिँ अझै मुस्किल पर्ला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर पनि चल्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – मध्यम खालको दिन छ । मित्रजनमा केही असमझदारी बढ्ने योग छ, तर खास हानी भने नहोला । आज परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक लाभ हुने काममा लाग्नु हितकर रहला ।

मकर – आज शारीरिक अस्वस्थताको सम्भावना छ । तर, आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, होसियार रहनुहोला । साहसिक काम बन्नेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – शुभता बढ्नेछ । विशेष परिश्रम तथा प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – धेरै लगानीपछि कममात्र फाइदा हुने दिन छ । परिवारजनमा पनि असमझदारी बढ्न सक्छ भने मान्यजन रुष्ट हुन सक्छन् । आरोग्यता भने वृद्धि हुनेछ । मीठो भोजन प्राप्त होला । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।