आजको पञ्चाङ्ग एवम् राशिफल (२१ चैत २०७९ मंगलबार, ४ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ चैत २०७९ मंगलबार, ४ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २१ गते मंगलबार तद्अनुसार सन् २०२३ अप्रिल ४ तारिख चैत्र शुक्ल पक्षको त्रयोदशी तिथि ८ः१० पर चतुर्थी तिथि पूर्वाफाल्गुणी नक्षत्र ९ः५१ पर उत्तरा फाल्गुनी नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा १६ः२१ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः५४ मा र सूर्यास्त साँझ १८ः२२ बजे हुनेछ । महावीरजयन्ती ।

आजको राशिफल

मेष – आजको दिन आर्थिक रूपले कमजोर सावित भइएला, सचेत रहनुहोला । अकारण झैझमेला वा विवाद निम्तन सक्ने योग रहेकोले सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य सम्बन्धमा पनि सामान्य खटपट पर्ला । व्यवसायमा हानी र लेनदेनको समस्या पर्न सक्ने हुँदा धैर्य राख्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काममा भने सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – आजको दिन व्यस्तता वृद्धि हुनेछ भने शुभ काम बन्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने नसोचेको सम्मान मिल्ला । आलोचकहरू नै प्रशंसक बनेर अगाडि आउलान् । कला क्षेत्रमा रुचि बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम वृद्धि हुनेछ । आज मन प्रशन्न रहने छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन आर्जन हुनेछ । आफन्तसँगको भेटघाटले मन रमाउने छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्छ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा हुने योग रहेकोले आजको दिन व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । धन मान र आरोग्यता वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम वृद्धि हुनेछ तथापि निको भएको रोगले पुनः सताउन सक्छ, सचेत रहनुहोला । चोटपटकको भय पनि छ । आज खर्च बढने विवाद बढ्ने र शत्रुले सताउने योग पनि छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – कर्मबल बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउ चाहे सफल हुनुहुनेछ । अध्ययन–अध्यापनमा अनुकूल समय आएको छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आयबल बढ्नेछ । भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुनेछ । फुर्सदिलो समय छ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मनमा रहेको डर हटेर काममा उत्साह जाग्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्य वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – शुभता र सौभाग्य बढ्ने समय छ । रोकिएको काम बन्नेछ । तर, हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । आज धेरै श्रम गरे पनि कम मात्र उपलब्धि मिल्ला । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । लेनदेनमा विवाद बढ्नेछ । धनको आगमन भने भइरहनेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – व्यस्तता बढ्नेछ । स्वास्थ्य कमजोर भइ काममा अवरोध आउन सक्छ । कुरा काट्नेहरु बढ्नेछन्, सावधान रहनुहोला । दीर्घकालीन योजना बनाउँदै हुनुहुन्छ भने थाती राख्नु हितकर हुनेछ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – अनुकूलता बढ्नेछ । समय राम्रो छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्नेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनेको आभासले मन हर्षित हुने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।