आजको पञ्चाङ्ग एवम् राशिफल (२२ चैत २०७९ बुधबार, ५ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ चैत २०७९ बुधबार, ५ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २२ गते तद्अनुसार सन् २०२३ अप्रिल ५ तारिख बुधबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि ९ः२६ पर पूर्णिमा तिथि उत्तरा फाल्गुनी नक्षत्र ध्रुव योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा र सूर्यास्त साँझ १८ः२३ बजे हुनेछ । पूर्णिमा व्रत ।

आजको राशिफल

मेष – आजको दिन यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधानी अपनाउनु उचित हुनेछ । अनावश्यक विवादमा फसिने योग भएकोले बोली र व्यवहारमा पनि धैर्य राख्नुहोला । ब्यापारमा भने लाभ नै मिल्नेछ । आरोग्यता रहनेछ । रोकिएको काम बन्ला । आमोदप्रमोदको अवसर मिल्ला ।

वृष – गलत लेनदेनमा समस्या आउन सक्ने दिन भए पनि आजको दिन व्यापारमा गरेको लगानीको प्रतिफल सन्तोषप्रद रहला । तपाईंको कार्यको प्रशंसा नै हुनेछ । आफन्तजनको सहयोगमा केही समय व्यतीत हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्ला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । अधुरा काम बन्ने र हौसला वृद्धि हुने समय छ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – पराक्रम र आरोग्यता वृद्धि होला । व्यवसायबाट सोचेजस्तो लाभ लिन नसकिए पनि चुनौतीका बाबजुद नसोचेको काम बन्ने दिन छ । धैर्यले काम लिनुहोला । मित्रजनको सहयोग प्राप्त हुनेछ । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । खर्च बढ्ने तथा काममा अवरोधका साथै धननाश हुनसक्ने भएकोले सचेतना अपनाउनु हितकर हुनेछ । पीडा दिनेहरू सक्रिय रहलान् । यथासक्य खर्च घटाउने प्रयास गर्नु होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।

कन्या – नयाँ कामको थालनी हुने दिन छ । आज ठूला व्यक्तिबाट तपाईंको प्रशंसा होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । आरोग्यता वृद्धि हुनेछ । पारिवारिक सुख र पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

तुला – दिन उत्साहजनक छ । अर्थलाभका अवसर आउने र सामाजिक प्रतिष्ठा बढ्ने समय छ । सोचेभन्दा बढी नै लाभ हुनेछ । आफन्त मिलनले सुख दिनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सुखद यात्राको योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । कामहरु सजिलै बन्नेछन् । मातृसल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुख–सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्दा विशेष लाभ होला । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आजको दिन त्यति शुभदायी नरहला । अध्ययन–अध्यापनमा ध्यान जानेछैन भने अनावश्यक खर्च हुने योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु फेलापर्ने छन् । धनमाल हराउने योग रहेकोले सजक रहनुहोला । कर्मबल बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि दिन उत्साहवर्द्धक रहेको छ । नसोचेको धन लाभ हुन सक्छ । सजिलैसँग अरुको मन जित्न सकिने छ । लेनदेनको कार्यमा भने खासै राम्रो छैन । आरोग्यबल बढ्नेछ । सन्तानको सुख प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दिन शुभदायी छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् भने नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष पनि सन्तोषजनक रहला । काम बन्नाले सुखको अनुभव हुन्छ । पठनपाठनमा मन जानेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – प्रेमभाव बढ्नेछ भने आर्थिक सुख पनि वृद्धि होला । साथीसंगीसँग भेटघाट हुनेछ । नयाँ कामका योजना बन्न सक्छ । काममा जोश-जाँगर बढ्नेछ । आर्थिक लाभ पनि होला । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग कमै मिल्ला । धनलाभ हुनेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।