आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २४ गते तद्अनुसार सन् २०२३ अप्रिल ७ तारिख शुक्रबार बैशाख कृष्ण पक्षको प्रतिपदा तिथि चित्रा नक्षत्र हर्षण योग तैतिल करण आनन्दादिमा मुसल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा र सूर्यास्त साँझ १८ः२४ बजे हुनेछ । विशालनगरमा वैष्णवीदेवी यात्रा, ल.पु. मत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – शत्रुमाथि विजय प्राप्त हुने दिन छ । विशेष आर्थिक कारोबार पनि होला । आफन्तसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । तथापि, खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला । आजको दिन सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नु हितकर हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन धेरै परिश्रम गरे पनि थोरै लाभ मिल्ने र मित्रजनसँग असमझदारी बढ्ने योग रहेको छ । कारोवारमा विवाद र आफन्तजनमा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ, सचेत रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । आक्रोशपूर्ण व्यवहारका कारण हातमा आएका अवसर गुम्न सक्छन्, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता वृद्धि हुने र आरोग्यता बढ्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने दिन छ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने समय रहेको छ । नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ने योग छ ।

सिंह – पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव हुने देखिन्छ, तर सहयोगीको राम्रो साथ पाइनेछ । केही दण्ड–जरिवानाको पनि सम्भावना छ । आज महत्वपूर्ण बस्तु गुम्ने सम्भावना रहेकोले सचेत रहनुहोला । पराक्रम बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज अनावश्यक खर्च बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । आँटेको काम अवरुद्ध बन्न सक्छ, ध्यान राख्नुहोला । पराक्रम भने बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – आरोग्य वृद्धि हुनेछ । काममा उत्साह जाग्ने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । आजको दिन नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर होला ।

वृश्चिक – दिन रमाइलो रहला । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्य सम्बन्ध बढ्नेछ । सन्तानबाट प्रशन्नता मिल्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । सन्तानबाट सुख मिल्ने योग छ । कार्यमा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाको बस्तुमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।

धनु – आज अपजशको सम्भावना रहेकोले सचेतनापूर्ण व्यवहार गर्नुहोला । व्यवसायबाट फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योगलाई पनि ध्यानमा राख्नु उचित होला । आयबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल वृद्धि हुनेछ, तर आज साझेदारीको व्यवसायमा समस्या आउने देखिन्छ, सचेत रहनुहोला । निजी व्यवसायमा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ । सरोकार नभएका विषयमा रुचि नराख्नु हितकर हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग रहेकोले आज संयमपूर्ण व्यवहारमा जोड दिनु हितकर होला । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – जोखिम बढ्ने समय भए पनि आर्थिक उपार्जनमा सुधार आउनेछ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुने योग छ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । लगनशीलताले लक्ष्यप्राप्तिमा सघाउनेछ । आफन्तको साथ कमै मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ ।