मिल्स टि-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

मिल्स टि-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई


दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल-११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु. एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले रु ५१ हजार प्राप्त गरेको छ ।

एक सय ५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशवलम दुई बलमा सात विकेट गुमाई पूरा गऱ्यो । नरपथगञ्जका भानु आन्दले ३५ बल खेल्दैछ छक्का र चार चौका प्रहार गर्दै ६३ रन बनाए । उनी प्लेयर अफ द म्यान घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरे । नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रनबताए ।

विराटनगरका विधान गोस्वामीले चार विकेट लिए भने साकिबुल गनीले दुई र मोहित कुमारले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान दुई÷दुई विकेट लिए ।

उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव बने । प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषितभए । उनीहरुले जनही रु १५ हजार प्राप्त गरे । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले नगद रु पाँच हजार प्राप्त गरे ।

बिजेता टोलीलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह र वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।