आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०७९ बुधबार, १२ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ चैत २०७९ बुधबार, १२ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र २९ गते बुधबार तद्अनुसार सन् २०२३ अप्रिल १२ तारिख बैशाख कृष्णपक्षको सप्तमी तिथि मूल नक्षत्र परिघ योग भद्रा करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः४५ बजे र सूर्यास्त साँझ १८ः२६ बजे हुनेछ । विश्व ज्योतिष महासंघ स्थापना दिवस ।

आजको राशिफल

मेष – मित्रजनको सहयोगले कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहला । शत्रु परास्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – व्यस्तता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । मनोकूलको काम बन्नेछ । आम्दानीका स्रोतहरू बढ्नेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति होला । व्यापार–व्यवसायमा पनि फाइदा हुने समय छ । परोपकारमा मन जाला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – आज स्वास्थ्यमा कमजोरी तथा शारीरिक दुर्बलता बढ्ने योग भए पनि धन आर्जन होला । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ । दामपत्य सुख बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन वादविवादको योग रहेकोले सावधान रहनुहोला । स्वास्थ्यमा पनि सामान्य समस्या रहन सक्छ । तथापि, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । ख्याति फैलिनेछ ।

सिंह – पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययनअध्यापन फलदायी रहनेछ । आज आत्मीयजनसँग बिछोडको योग पनि छ । कार्यबोझ वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – बोलीको प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आफन्तजन र सन्तान पक्षबाट सहयोग मिल्नेछ । याात्रामा मन रमाउला । दाम्पत्य जीवन सुखमय रहनेछ भने व्यवसायमा लाभ मिल्ला । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्ला ।

तुला – जिम्मेवारीमा जश मिल्ला । रोकिएका काम बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र हौसला मिल्नेछ । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दिन सामान्य छ । दायित्व र कर्मबल बढ्नेछ । विश्वासपात्रबाटै धोका मिल्न सक्ने समय छ, सावधान रहनुहोला । मानसिक चञ्चलता र उत्साह भने बढ्नेछ । अप्रिय समाचारले दुःखी तुल्याउन सक्छ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । आमोदप्रमोदको अवसर जुर्न सक्छ । रचनात्मक कार्यमा सफल रहनेछ ।

धनु – काममा कठिनाइ देखिए पनि अन्ततः खशी मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्ने समय छ । पुराना साथिसंगी संग भेटघाट गर्ने अवसर जुट्ला । सामर्थ्य बढ्नेछ भने देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – अध्ययन अध्यापनको लागि अनुकुल समय छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । लाभदायी काममा भागदौड बढ्नेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – दिन त्यति उत्साहवर्द्धक नरहला । दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । कामबाट विश्राम लिने अवसर आउला । रसरागको भाव वृद्धि हुनेछ ।

मीन – दैनिक कार्यमा केही समस्याहरू देखिने योग रहेकोले सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।