आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०८० सोमबार, १७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०८० सोमबार, १७ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख ४ गते सोमबार तद्अनुसार सन् २०२३ अप्रिल १७ तारिख वैशाख कृष्ण पक्षको द्वादशी तिथि पूर्वाभाद्रपद नक्षत्र ब्रम्हाा योग गर करण आनन्दादिमा मुसल योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः४० मा र सूर्यास्त सांझ १८ः२९ बजे हुनेछ । सोमप्रदोषव्रत, भक्तपुरमा छुमागणेश यात्रा ।

आजको राशिफल

मेष – आय बढ्ने र कार्यव्यापारमा सफलता प्राप्त हुनेछ । काम गर्न हौसला मिल्ने समय छ । रचनात्मक काममा प्रवृत्त हुनुहोला । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । यश वर्चश्व वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । यस्तो अवस्थामा आफ्ना योजनाहरू गोप्य राख्नुहोला । तथापि, नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्तिको योग पनि छ ।

मिथुन – दिन शुभदायी छ । कार्यक्षमता वृद्धि हुनेछ । आश मारेको काम बन्न सक्छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तथापि अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । स्वास्थ्यको लागि खानपानमा सावधानी अपनाउनु हितकर रहनेछ । कार्यगति वृद्धि हुनुका साथै प्रयासरत काम बन्नेछ ।

कर्कट – भागदौड वृद्धि हुनेछ । आजको दिन अरूको भरपर्दा धोका मिल्न सक्छ । आफ्नै मेहनतले सफलता दिलाउनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्ला । स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनुहोला । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्न अनुकुल समय सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । दामपत्य सुख बढ्नेछ । महत्वाकांक्षा पूरा हुन खास प्रयास गर्नुपर्ने छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । भौतिक बस्तु लाभ हुने समय छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – वादविवादमा परिने योग छ । बोली र व्यवहारमा सावधानी अपनाउनुहोला । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । आर्थिक अभाव पर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि र विवेकको प्रयोगले काम निकाल्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

वृश्चिक – व्यस्तता वृद्धि हुनेछ । चुनौतीका बाबजुद रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्, सावधान रहनुहोला । सकारात्मक काम बन्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि हुनेछ ।

धनु – पराक्रम बढ्नेछ । रोकिएको काम बन्ने योग छ । सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान पु¥याउनु हितकर हुनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिनेहरू अग्रसर भए पनि चुनौती चिर्नुहुनेछ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । खर्चमा नियन्त्रण गर्नुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै समस्या सुल्झाउन सकिनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – खर्च बढ्ने समय भए पनि सफलतातर्फ पाइला बढ्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । मिठो भोजन प्राप्त हुनेछ ।