‘नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैक लि.’मा सक्षम नेतृत्वको खोजी

‘नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ कृषि विकास बैक लि.’मा सक्षम नेतृत्वको खोजी


दशौँ महाधिवेशन शुरू

कृषि विकास बैंक, वित्तीय संस्था कर्मचारी युनियनका पदाधिकारी तथा प्रतिनिधि आफ्नो नेतृत्व चयनका लागि भक्तपुरको बोडेमा जम्मा भएका छन् । बैंकभित्र सौदाबाजीको महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो युनियन कृषि विकास बैंकमा क्रियाशील युनियनमध्येकै ठुलो युनियन हो । यो युनियनको नेतृत्वले बैंकको व्यवसायिकताको सवालमा निकै दख्खल दिने गरेको छ । दशौँ महाधिवेशनको सबै तयारी पूरा भएको हालको अवस्थामा नेतृत्वका लागि दुई प्यानल भएर अगाडि बढेका छन् । बैंकभित्रको नेतृत्वका लागि समेत काङ्ग्रेसको केन्द्रिय नेतृत्वले उत्तिकै चासो राखेको छ । सरकारी तीन बैंकमध्ये ठुलो युनियन कृषि विकास बैंकमा रहेको छ । यो युनियनका पदाधिकारी तथा प्रतिनिधिहरूले ट्रेड युनियनलगायत नेपाली काङ्ग्रेससमर्थित पेशागत संगठनहरूमा समेत राम्रो प्रभाव पार्ने देखिन्छ । यो संगठनको चुनावमा पुण्यप्रसाद दाहालको प्यानलमा सिद्धीलाल मगिया र रमेश कटुवालले उम्मेदवारी घोषणा गरेका छन् भने रामबहादुर रावल, ठाकुर ओझा र वसन्त थापासमेत क्रमशः अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका आकाङ्क्षी रहेका छन् ।

संगठनात्मक क्षमतामा कौशल, उर्जावान, समयसापेक्ष र बैंकमा कार्यरत श्रमजीवी कर्मचारीको मर्म बुझ्ने लामो समयदेखि युनियनमा आफनो कृयाशील समय अनुशासनपूर्वक बिताउनुभएका अध्यक्ष पदका दावेदार पुण्यप्रसाद दाहाल नेतृत्वको टिम अग्रज, अनुभवी र युवापुस्ताको संयोजनसहित सशक्त देखिएको सम्बद्ध क्षेत्रमा चर्चा छ । व्यवस्थापनसँग सौदाबाजी गर्न बलियो तर्क प्रस्तुत गर्ने, बैंकमा व्यवसायिकता कायम गर्न गराउन लागिपर्ने र युनियनको आन्तरिक व्यवस्थापनमा सामुहिक निर्णय गर्ने कौशल दाहालको समुहमा रहेको स्वतन्त्र विश्लेषक बताउँछन् । महाधिवेशन प्रतिनिधिहरू स्वतन्त्ररूपमा नेतृत्व छनौट गर्न सक्षम रहेको र मातृसंस्थाको हस्तक्षेप अस्वीकार गर्ने पक्षमा सबै प्रतिनिधिको एकमत रहको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि. को २०८० बैशाख ५ र ६ गते भक्तपुरको बोडेमा सम्पन्न भइरहेको दशौँ केन्द्रीय महाधिवेशनको मंगलबार नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपश्चात केन्द्रीय नेतृत्वको चुनाव हुने जानकारी प्राप्त भएको छ । उक्त महाधिवेशनमा देशभरीबाट तीन सय प्रतिनिधि रहेका छन् ।