आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०८० बुधबार, १९ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०८० बुधबार, १९ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख ६ गते बुधबार तद्अनुसार सन् २०२३ अप्रिल १९ तारिख वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि रेवती नक्षत्र वैधृति योग चतुष्पाद करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा र सूर्यास्त साँझ १८ः३० बजे हुनेछ । दर्शश्राद्ध ।

आजको राशिफल

मेष – आजको दिन अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ भने इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । इष्टमित्रको साथ प्राप्त हुनेछ । मान, सुख बढ्नेछन् । यश वर्चश्व वृद्धि हुनेछ ।

वृष – अध्ययनमा राम्रो प्रगति हुने समय छ । प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउने योग छ । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । काममा हिम्मत देखाए सफलताले चुम्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कर्मबल बढ्ने तथा कार्यक्षमता वृद्धि हुने समय छ । आजको दिन परिवारजनसँग आत्मीयता बढ्नेछ भने आयआर्जन पनि राम्रै हुनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दैनिकीमा परिवर्तन आउने सम्भावना छ । चुनौती देखापरे पनि हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त भइ सुख बढ्नेछ । रसरागमा मन जाला ।

सिंह – जोखिम र दौडधुप बढ्ने दिन छ । मिश्रित फल मिल्ला । आज दौडधुपमा समय बित्ने योग छ । योजनाहरू गोप्य राखी काम गरे लाभ मिल्नेछ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । साझेदारीमा फाइदा हुनेछ । मित्रताको गाँठो कसिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – व्यवसायमूलक काममा राम्रै फाइदा हुने योग छ । व्यापार ब्यवसायमा फाइदा होला । परिवारजनका आवश्यकता पूरा हुनेछन् । विशेष उपलब्धि हात पार्न सकिनेछ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने योग छ । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्ला ।

धनु – व्यस्तता बढ्नेछ । समय राम्रो छ । बोलीको भरमा काम सम्पादन होला । प्रशंसकहरू बढ्नेछन् । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि चुनौती चिर्दै आफ्नो वर्चश्व जोगाउन सकिनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – पराक्रम बढ्नेछ । उत्साहजनक समाचारले मन प्रसन्न होला । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउने समय भए पनि काममा चुनौती देखिएलान् । आर्जित धन पनि खर्च हुन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा फाइदा हुनेछ । समस्याको समाधान मिल्नेछ, मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आरोग्यता बढ्ने दिन भए पनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा अविश्वास बढ्न सक्छ, सावधान रहनुहोला । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मिठो भोजन प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।