आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०८० बिहीबार, २० अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०८० बिहीबार, २० अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ७ गते बिहीबार तद्अनुसार सन् २०२३ अप्रिल २० तारिख बैशाख कृष्णपक्षको अमावश्या तिथि अश्विनी नक्षत्र विषकुम्भ योग किंस्तुघ्न करण आनन्दादियोगमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ बजे र सूर्यास्त साँझ १८ः३० बजे हुनेछ । स्नानदानका लागि औंसी, हलो बार्ने, मातातीर्थ स्नान, आमाको मुख हेर्ने, चाँगुनारायण कुलेश्वर मूलरथयात्रा ।

आजको राशिफल

मेष – आजको दिन रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । प्रेमको बन्धनमा कसिने समय छ । सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ला । महत्वपूर्ण कार्यमा अरूको भर–विश्वास नपरेकै राम्रो । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुने योग छ ।

वृष – सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । मित्रजन एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – आयबल बढ्ने दिन छ । नयाँ सम्भावना देखिन्छ । साझेदारीको काममा सफलता मिल्नेछ भने आरोग्यता वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । यात्रामा समस्या आउने योग रहेकोले आजको दिन यात्रा नगरेकै राम्रो । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ, धैर्यतापूर्वक काम गर्दा सफलता मिल्ने दिन छ ।

कर्कट – आजको दिन चुनौतीपूर्ण कामको दायित्व आइपर्ला । परिश्रम धेरै गरे पनि परिणाम भने सामान्य रहला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – कार्यबोझ बढ्ने दिन छ । आफन्तसित भेटघाट हुनेछ भने मित्रजन एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आश्वासन दिनेले झुक्याउन सक्ने हुँदा आजको दिन विशेष सावधानी अपनाउनुहोला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – कार्य क्षमता वृद्धि हुने र परिवारिक सुख वृद्धि हुने दिन छ । स्वास्थ्यप्रति भने आज विशेष सावधानी अपनाउनु पर्ला । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, तर आम्दानीमा कमी आउनेछैन । प्रेमको बन्धन कसिने तथा दाम्पत्य जीवन सुखद बन्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल होला ।

तुला – दाम्पत्य सुख बढ्ने र आरोग्य वृद्धि हुने दिन छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ, तर काम बिग्रने भयले सताउला । मान वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – साहस वृद्धि हुने दिन छ । दायित्वका साथै कर्मबल बढ्नेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने समय रहेकोले सजगता अपनाउनु हितकर होला । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ला । शोख पूरा गर्नमा खर्च हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । रचनात्मक कार्यमा सफलता रहनेछ ।

धनु – प्रेमभाव बढ्ने र शुभचिन्तकहरूको सहयोग मिल्ने दिन छ । विगतका समस्या बल्झिने सम्भावना रहे पनि आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला ।

मकर – ब्यस्तता बढ्नेछ । शुभता वृद्धि होला । शत्रुहरू किनारा लाग्ने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – परिश्रमअनुसारको लाभ नमिल्ने समय भए पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ला तर दिन त्यति प्रतिकुल भने नरहला । पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष राम्रै रहला ।

मीन – आजको दिन इर्ष्या गर्नेहरूले अवरोधको प्रयास गर्न सक्छन्, सावधान रहनुहोला । योजनाहरु गोप्य राखेर काम गर्दा विशेष फाइदा पुग्नेछ । गल्ती नगरे पनि आरोप लाग्ने योग रहेकोले धैर्य राख्नु हितकर होला । रसरागको भाव वृद्धि हुनेछ । रोगबाट छुट्कारा मिल्नेछ । आशा उत्साह बढ्ला ।