‘प्रभु क्यापिटल’द्वारा मातातीर्थ औंसीको अवसरमा विशेष अफर

‘प्रभु क्यापिटल’द्वारा मातातीर्थ औंसीको अवसरमा विशेष अफर


आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटल लिमिटेडले विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शूल्क (Free AMC) तथा प्रफिट सेयरिङमा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।

‘माया स्वरुप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिनाभर संचालनमा रहने जनाइएको छ । यस अवधिभित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा प्रफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन सक्ने बताइएको छ ।

ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिकरुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिएको छ ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।