उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने


यही वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।

वैशाख ११ गते देखि केबलकार पूर्ववत रुपमा सञ्चालनमा आउने प्रा लि ले जनाएको छ ।