आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८० आइतबार, २३ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८० आइतबार, २३ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० वैशाख १० गते आइतबार तद्अनुसार सन् २०२३ अप्रिल २३ तारिख वैशाख शुक्ल पक्षको तृतीया तिथि रोहिणी नक्षत्र सौभाग्य योग वणि करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा र सूर्यास्त साँझ १८ः३२ बजे हुनेछ । अक्षय तृतीया, शिवपार्वतीको विवाह महोत्सव ।

आजको राशिफल

मेष – श्रम गरेअनुसार मूल्य प्राप्त नहुने समय छ । अरूका लागि बुद्धि–विवेक खर्चनुपर्ला । स्वास्थ्य पनि कमजोर रहन सक्छ । मुख्य काममा बाधा हुने र सानातिना काममै अल्झनुपर्दा मनमा खिन्नता बढ्ला । तथापि, तपाईंले गरेको मेहनतले धेरैको विश्वास जित्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने योग छ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।

वृष – यात्रामा विशेष लाभ हुने र प्रयत्न गर्दा मौकाको फाइदा उठाउन सकिने दिन छ । कार्यमा सफलता प्राप्त हुनेछ । रोगबाट छुटकारा मिल्ला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्ने समय भएकोले विशेष सचेतना अपनाउनुहोला । आश्वासन बाँड्नेहरूको भर नपर्नु हितकर हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आम्दानी बढ्ने, आतिथ्यपूर्ण सम्मान मिल्ने र प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध रहला । प्रतिस्पर्धीहरूले हार खानेछन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने र दिगो फाइदा हुने कामको अवसर जुर्ने योग छ । आशा उत्साह बढ्नेछ ।

कर्कट – दिन उत्साहपूर्ण रहनेछ । आय र आरोग्यता वृद्धि होला । व्यावसायिक यात्राको सम्भावना छ । आजको दिन सवारी साधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनुहोला । यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – चिताएको काम सजिलै सम्पादन हुने योग छ । तथापि, इच्छाशक्ति बढेपनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पराक्रम वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – भाग्यबल वृद्धि हुनेछ । मेहनतजनका लागि उत्साहजनक समय रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । बाध्यताका काममा जुट्नुपर्ने र केही विवादमा समेत परिने योग रहेकोले सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुने र रसरागमा आकर्षण बढ्ने दिन छ । सुख बढ्नेछ ।

तुला – दौडधुप बढ्ने समय छ । मुद्दामामिलामा विजयी भइनेछ भने व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । तथापि, काममा उत्साह बढ्नेछ । मान सम्मानप्राप्तिको योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । साझेदारीमा समस्या आउने देखिए पनि आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – आरोग्यता र साहस बढ्ने दिन छ । आयआर्जनका स्रोत बढ्नेछन् । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्नेछ । बाध्यताका काममा अलमलिनुपर्ने योग छ । सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । रोकिएको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ, तर सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बौद्धिक कार्यबाट धनलाभ हुने दिन छ । अध्ययनमा प्रगति होला । अरूको फाइदाका लागि उपयोग भइएला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – पराक्रम वृद्धि र सफलताको दर बढ्ने समय छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सवारी साधनको प्रयोगमा भने आजको दिन विशेष सावधानी अपनाउनु हितकर रहला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ भने समस्याको समाधान प्राप्त हुनेछ ।