आजको पञ्चाङ्ग एवम् राशिफल (११ वैशाख २०८० सोमबार, २४ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ वैशाख २०८० सोमबार, २४ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ११ गते सोमबार तद्अनुसार सन् २०२३ अप्रिल २४ तारिख बैशाख शुक्ल पक्षको चतुर्थी तिथि ९ः१२ पर पञ्चमी तिथि मृगशिरा नक्षत्र शोभन योग बब करण आनन्दादियोगमा आनन्द योग चन्द्रमा वृष राशिमा १४ः७ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ बजे र सूर्यास्त साँझ १८ः३३ बजे हुनेछ । लोकतन्त्र दिवस, ल.पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ, आद्यजगद्गुरु शंकराचार्य जयन्ती ।

आजको राशिफल

मेष – स्वादिष्ट भोजनमा मन रमाउने समय छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्दा फलदायी हुनेछ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । तार्किक क्षमता बढ्ला । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने योग छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – दिन सामान्य छ । सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर आज नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने तर आफ्नो लागि परिस्थिति प्रतिकूल रहने योग छ । आरोग्यता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आज धनलाभ हुने देखिन्छ, तर चिताएको कुनै काम बाध्यतावश रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ, धैर्य राख्नुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – शुभ समाचार सुन्न पाइएला । आजको दिन रमाइलैसँग बित्नेछ । धनलाभको सम्भावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । परिश्रमले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनुपर्ला । आयबलका साथै कार्यबोझ पनि बढ्नेछ । शत्रुप्रति विजय प्राप्त होला ।

कन्या – मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागि हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आम्दानी बिगार्नेहरू सक्रिय रहने र खर्च बढ्ने योग छ । साझेदारीको कार्य बन्नेछ । उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । प्रतिस्पर्धी परास्त हुने योग छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सफलता मिल्नेछ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । रोकिएको कार्य बन्ला, नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आज अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि धन आर्जन गर्ने योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । दायित्व र कर्मबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ । रचनात्मक कार्यमा सफलता रहला ।

धनु – मेहनतले लाभ उठाउन सकिनेछ भने व्यापारमा पनि राम्रै फाइदा हुने दिन छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट चाहिँ धोकाको सम्भावना छ, सचेत रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । आरोग्यता बढ्नेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – गरिएका कामको राम्रै मूल्यांकन हुने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ला । प्राप्त न्यून उपलब्धिले बेचैन बनाउला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – शुभता वृद्धि हुनेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामसमेत पाइने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बड्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सुख शान्ति बढ्ला ।

मीन – फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । व्यावसायिक काममा मनग्य फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नुका साथै सन्तानबाट सुख प्राप्त हुनेछ ।