आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०८० मंगलबार, २५ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०८० मंगलबार, २५ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख १२ गते तद्अनुसार सन् २०२३ अप्रिल २५ तारिख मंगलबार बैशाख शुक्लपक्षको पञ्चमी तिथि आर्द्रा नक्षत्र अतिगण्ड योग कौलव करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा र सूर्यास्त साँझ १८ः३३ बजे हुनेछ । रामानुजाचार्य जयन्ती ।

आजको राशिफल

मेष – आज प्रतिष्ठा, मान-सम्मान पाइने प्रवल सम्भावना छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । साथ दिनेहरू बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य सामान्य प्रतिकूल रहला तर हिम्मतले काम लिन सकिनेछ । विवाद पर्नसक्ने योग भएकोले आज लेनदेन नगरेकै राम्रो । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिएला । आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तर समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । धन खर्च हुने योग छ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – राम्रै प्रतिफल प्राप्त हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आरोग्य वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा विशेष फाइदा हुने र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सुखद समाचार सुन्न पाइनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । आका साथै साहस बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कन्या – कर्मबल वृद्धि हुने दिन छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीको काममा भने केही समस्या आउन सक्छ, सावधान रहनुहोला । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । तर, नजिकका साथीभाइ टाढिन सक्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – शुभता वृद्धि हुने समय छ । मनमा केही संशय रहे पनि विभिन्न अवसरले पछ्याउला । बोलीको प्रभाव पनि बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । पराक्रम वृद्धि हुनेछ ।

धनु – कार्यसम्पादन गर्ने क्षमता बढ्ने दिन भए पनि केही राम्रा अवसर फुत्कन सक्छन् । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । सफलताको लागि गोपनीयतामा विशेष ध्यान राख्नुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – साहस वृद्धि हुने र आरोग्यबल बढ्ने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सावधान रहनुहोला । गल्तीबिनै आरोप लाग्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ ।साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आजको दिन व्यस्तता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । तथापि, विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दाम्पत्य सम्बन्धमा खटपट नहोस् भनी विशेष सावधानी अपनाउनु हितकर हुनेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।