आजको पञ्चाङ्ग एवम् राशिफल (१३ वैशाख २०८० बुधबार, २६ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ वैशाख २०८० बुधबार, २६ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १३ गते बुधबार तद्अनुसार सन् २०२३ अप्रिल २६ तारिख बैशाख शुक्ल पक्षको षष्ठी तिथि पुनर्वसु नक्षत्र सुकर्म योग गर करण आनन्दादियोगमा गद योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३१ बजे र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य सबल रहनेछ भने व्यवसाय पनि लाभदायी रहला । भविष्यका लागि विशेष काममा जग बसाउने योग छ । भौतिक साधन जुट्नेछ । पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सार्वजनिक समारोहमा अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।

वृष – आज अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ भने काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्य कमजोर रहने योग छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । तर, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग पनि छ । मेहनतअनुसार फाइदा कमै होला, तर साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लेनदेनमा विवाद हुन सक्छ। सावधान रहनुहोस् । विगतका समस्या बल्झिन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ ।

कर्कट – आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुपर्ने समय छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । ठूलो प्रयत्न गर्दा पनि आज उपलब्धि उठाउन मुस्किल पर्नेछ । कमजोर भएको अनुभूति हुनेछ । धैर्य राखे अन्ततः सबै ठिक होला । खर्च बढ्ने र दौडधुप चल्ने दिन रहेकोले सावधान रहनु हितकर होला ।

सिंह – दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । रमाइलो यात्राको सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । कार्यबोझ बढे पनि शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ने समय छ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । हासविलासमा रुचि बढ्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि फाइदा हुनेछ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग छ । सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – समय उत्साहवर्द्धक रहला । श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्दा फलदायी हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । दायित्व र कर्मबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – साझेदारीमा राम्रो फाइदा हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । आरोग्यता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रतिष्पर्धीलाई पराजित गर्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – समय खास अनुकुल नरहला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

मीन – ब्यस्तता बढ्नेछ तर महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मीठो भोजन पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।