आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०८० बिहीबार, २७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०८० बिहीबार, २७ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं.२०८० वैशाख १४ गते तद्अनुसार सन् २०२३ अप्रिल २७ तारिख बिहीबार बैशाख शुक्ल पक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र ७ः१३ पर तिष्य नक्षत्र धृति योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३१ मा र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ । गंगासप्तमी, गंगोत्पत्ती ।

आजको राशिफल

मेष – कठोर मिहिनेतले दायित्व प्राप्त होला । खर्च वृद्धि हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने समय भए पनि ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौकासमेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्ने योग छ । धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । तर, व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग पनि छ । परिवारजन तथाआफन्तबीच बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आज जिम्मेवारी बढ्नेछ, तर स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिने योग छ । समस्याको समाधान प्राप्त होला, यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – प्रलोभन देखाउनेहरूले आज धोका दिन सक्छन् । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आजको दिन बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । पहिलेका समस्या दोहोरिन सक्छन् । टाढाको यात्राको सम्भावना छ । लेनदेनको झमेलाबाट बच्ने प्रयत्न गर्नुहोला । कर्मबल वृद्धि हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । विस्तारै सोचेको काम बन्नेछ । तर महत्वपूर्ण योजना स्थगित हुनाले मन खिन्न रहला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय भए पनि लगनशील बन्न नसक्ता आलोचना प्राप्त हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – प्रतिष्ठित कामको जिम्मेवारी पाइने समय भए पनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । यसका बाबजुद पराक्रम वृद्धि होला । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले फाइदा दिलाउनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सुख बढ्नुका साथै साहस वृद्धि होला । नयाँ व्यवसाय सुरु गर्नुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्दा हितकर होला । आरोग्यबल बढ्नेछ । सन्तानको सुख प्राप्त होला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आरोग्यता बढ्नेछ भने मेहनतले धेरैको विश्वास जित्न सकिने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । मिठो भोजन प्राप्त होला, रसरागमा आकर्षण बढ्ला ।

मीन – व्यस्तता वृद्धि हुनेछ । कर्ममा विश्वास गरेर अघि बढ्दा लाभ पुग्ने समय छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना भए पनि विगतको श्रमबाट भने लाभ पुग्नेछ । आफन्तको साथ कमै मिल्नेछ । सुख विलास भने बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।