आजको पञ्चाङ्ग एवम् राशिफल (१५ वैशाख २०८० शुक्रबार, २८ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ वैशाख २०८० शुक्रबार, २८ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १५ गते शुक्रबार तद्अनुसार सन् २०२३ अप्रिल २८ तारिख बैशाख शुक्ल पक्षको अष्टमी तिथि तिष्य नक्षत्र ९ः४६ पर अश्लेषा शूल योग बालब करण आनन्दादियोगमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० बजेमा भयो र सूर्यास्त साँझ १८ः३५ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीपशुपतिनाथमा दमनार्पण । २७ः४२ मा गुरु ग्रह पूर्वमा उदय ।

आजको राशिफल

मेष – आजको दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । व्यस्तता बढ्नेछ । आरोग्यता बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । स्वास्थ्य कमजोर बन्न सक्च, खानपानमा ध्यान दिनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन्, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट – प्रतिष्पर्धीले काम बिगारिदिन सक्छ । तथापि, बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

सिंह – सफलताले उत्साह जगाउने समय छ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । पदोन्नतिको योग छ ।

कन्या – रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – आयबल वृद्धि हुने र कार्यगति बढ्ने समय छ । रोकिएको काम बन्नेछ । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन्, व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । दाम्पत्य सुख बढ्नेछ । आरोग्यता बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ । रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । आरोग्यता वृद्धि हुनेछ । रसरागको भाव वृद्धि हुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ ।

मीन – दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । खर्चको मात्रा बढ्न सक्छ, सचेत रहनुहोला । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । सुखी र सफल रहनुहुनेछ ।