ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट


ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालिका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयासम्म छुटको लागि योग्य हुनेछन् । बैंकले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवद्र्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको र यो छुट योजना सीमित अवधिको लागि रहने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।