शिक्षा सम्बन्धमा नभनी नहुने केही कुरा

शिक्षा सम्बन्धमा नभनी नहुने केही कुरा


✍ बलराम सिलवाल

नेपालको शिक्षासम्बन्धी मेरा पूर्व निबन्ध∕प्रबन्धहरूमा सप्रमाण दृष्टान्तकृत गरिएकै हो । यिनका प्रभावकारितालाई लुच्चाहरूले घुच्चा लगाउँदै ङिच्च हाँसेर डाइजेस्ट गर्दिन्छन् तापनि मैले आफ्नो सत्प्रयास छोडेको छुइनँ ।

सन्दर्भ अङ्ग्रेजी पोस्तकको । पोहोर साल कक्षा नउको र यसपाली कक्षा आठ र कक्षा दशको पोस्तकहरू फेरियो परन्तु हात्ती आयो हात्ती आयो फुस्सा भने झैँ भयो । आफ्नो मौलिक गुरूकुलीय शिक्षा पद्धति त्यागेर लर्ड मेकालेको शिक्षा अपनाएसि अधोगति नभएर उँभो गति होला र ? यहाँ त गोरो छालाले जे गरे नि ठिक ठान्ने परम्परा रहेको छ। त्यसैले त हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयले बिखालु लामकिराहरू उत्पादन गरेर हाम्रो संस्कृति, धर्म, परम्परा र शिक्षादि मास्न बाग्मती नदीमा पठाउँदो छ । सबैलाई चेतना भया !

अङ्ग्रेजी विषय त इच्छाधीन पो हुनुपर्ने त, यहाँ त अनिवार्य छ त – हाम्रो नेपालमा। व्यवहारोपयोगी/साहित्योपयोगी छैन- अङ्ग्रेजी पोस्तक। परदेशीहरूका वाहियात रचनाहरू पस्केर उच्च स्तरको बनाउन खोज्या होला तर निम्न स्तरको बनेको छ।  A Diary Entry र Life Saving Inventions जस्ता पाठहरू कक्षा आठको अङ्ग्रेजी पाठ्यपुस्तकमा समाविष्ट छन् । Hippo-Rollers, LifeStraw र AidPod जस्ता सामग्रीहरू विद्यार्थीहरूले देख्न पाएकै छैनन् अनि तिनीहरूले कस्तो धारणा बनाउने र कसरी बुझ्ने हो ? A picture is worth to a thousand words भन्ने गरिन्छ तसर्थ नदेखेको बस्तुद्वारा भन्दा नि प्रत्यक्ष देखेको बस्तुद्वारा शिक्षण गर्दा बढी प्रभावकारी र सार्थक हुन्छ।

त्यस्तै कक्षा नउको अङ्ग्रेजी पाठ्यपुस्तकमाLife and death, Why I am sorry doesn’t always translate, The Alternative Energy Sources, Asian Development Bank Institute र Wimbledon जस्ता पाठहरूका शीर्षक हेर्दा सार्थक देखिए नि ती गुदीरहित छन् । रजनीशको विचार चोर्ने(?!) सदगुरूको Life and Death नामक पाठ समाविष्ट छ। त्यस्तै कक्षा दशको अङ्ग्रेजी पाठ्यपुस्तकमा पनि How driverless cars will change our world, London vs Paris जस्ता पाठहरूले के सन्देश दिने पो हुन् ? नेताहरूमा इच्छा शक्ति नहुनाले Driverful car हेरेर छक्क पर्दा छौं भने हाम्रोमा Driverless car को कल्पना गरेर हुने के ? यी पाठहरूले फगत विद्यार्थीको बुद्धि भुट्दो छ, नतिजा शून्य।

अङ्ग्रेजी पाठ्यपुस्तकको त यस्तो हविगत छ भने अन्य विषयहरूको नि पारा यस्तै होला। प्रज्ञा प्रतिष्ठान जस्तो संस्थामा असाहित्यक व्यक्ति प्राज्ञ बन्दो छ, साहित्यकार कहलिंदो छ सोर्सफोर्सले। सोर्सफोर्स नेपाली मात्रको मूलमन्त्र। कहाँ छैन सोर्सफोर्स ? जागिर खान सोर्सफोर्स, कार्यालयीय काम गराउन सोर्सफोर्स। त्रिविविको हालत गएगुज्रेको नहुँदो हो त बर्खेनी हजारौँ विद्यार्थीहरू अध्ययनको नाउँमा राष्ट्रिय ढुकुटी रित्याएर परदेशिने थिएनन् होला। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भ्रष्टाचारमा लिप्त छ अनि कहाँबाट पाठ्यक्रम विकास केन्द्रका तथाकथित विज्ञहरूले गुणस्तरीय पोस्तकहरू उत्पादन गर्न सकुन्।

यहाँ त वर्षौदेखि यो अथवा त्यो नाउँमा बुद्धि भुट्ने काम भइरहेको छ। शिशिर योगीले योग्य मान्छे खोज्दा छन् तर फेला पार्न सक्या नाइँ । डायमण्ड कसले किन्दियोको परिवेश छ अनि हाम्रो अवस्था कसरी पो फेरिएला र ? बाउसे सकियो । आजलाई मैजारो ।अस्तु ।