आजको पञ्चाङ्ग एवम् राशिफल (१६ वैशाख २०८० शनिबार, २९ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ वैशाख २०८० शनिबार, २९ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० वैशाख १६ गते शनिबार तद्अनुसार सन् २०२३ अप्रिल २९ तारिख वैशाख शुक्ल पक्षको नवमी तिथि अश्लेषा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा १२ः२३ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः३५ बजे हुनेछ । सीताजयन्ती ।

आजको राशिफल

मेष – आज तपाईंको बौद्धिकता तथा तार्किक क्षमताले सम्मान दिलाउने योग भए पनि साँझदेखि अधीर व्यवहारका कारण समस्या निम्तिन सक्छ । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउनुका साथै आशा देखाउनेहरूले धोका दिन सक्छन् । सचेत रहनुहोला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – समय चुनौतीपूर्ण छ । तथापि, प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । वैरभाव राख्नेहरूले हार खानेछन् । कार्यक्षमता वृद्धि हुनेछ । सन्तानबाट सुख प्राप्त भइ आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – अर्थ संग्रहमा बाधा पुग्ने समय छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने दिन छ ।

सिंह – दिन शुभकारी छ । रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूले हार खानेछन् । कर्मप्रति लगनशील बन्दा दीगो फाइदा उठाउन सकिनेछ । सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – शुभता र पराक्रम वृद्धि हुने दिन छ । कर्मबल बढ्नेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला, तर आजको दिन कीर्तिमानी काम सुरु गर्ने योग छ । धेरैले साथ दिनेछन् । आकस्मिक रुपमा धनको लाभ हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समयको लाभ उठाउन विशेष प्रयासरत रहँदा हितकर हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो कसिने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने दिन छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न हुनेछ । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन होला । सोख पूर्तिका लागि आज केही खर्च बढ्न सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । काम बिग्रने भयले सताउनेछ भने शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – प्रेमभाव बढ्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । र पनि, काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन्, सचेत रहनुहोला । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – पराक्रमकाच साथै शुभता बढ्ने दिन छ । प्रशस्त लाभ मिल्ने समय भए पनि इर्ष्या गर्नेहरूले फसाउन सक्छन्, सजगता अपनाउनुहोला । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गरे सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।