आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८० आइतबार, ३० अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८० आइतबार, ३० अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख १७ गते तद्अनुसार सन् २०२३ अप्रिल ३० तारिख आइतबार बैशाख शुक्ल पक्षको दशमी तिथि मघा नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः३६ बजे हुनेछ ।

आजको राशिफल

मेष – विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । जिद्दी गर्दा उपलब्धि गुम्न सक्छ, सन्तुलित व्यवहार गर्नुहोला । जागिरमा हुनुहुन्छ भने आजको दिन सावधान रहनुहोला । मित्रजन एवम् सन्तान पक्षले खुशी दिनेछन् । सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूको साथ मिल्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ काम प्रारम्भ गर्ने दिन छ । व्यस्तता वृद्धि होला । रसरागको भाव वृद्धि होला । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – रचनात्मक कार्यले फाइदा दिलाउने तथा दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तथापि अवसरको उचित लाभ उठाउन विशेष मिहेनत गर्नुपर्ला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बुद्धि र श्रम खेर जान सक्छ । ।सरसापटमा धन खर्च हुने समय छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । तथापि, रसरागमा आकर्षण बढ्नेछ भने खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ भने व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । साहस वृद्धिका साथै सुख आनन्द बढ्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता प्राप्त हुने दिन छ ।

कन्या – कर्मबल वृद्धि हुने समय छ । परिस्थिति अलिक प्रतिकूल रहे पनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धन लाभ हुने योग छ । रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ भने आफन्तको साथ रहनेछ ।

तुला – यात्राको अवसर जुट्ने योग छ । आज परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, आजको दिन सकभर आर्थिक कारोबार नगरेकै बेस हुनेछ । सवारीमा पनि विशेष सावधानी अपनाउनुहोला । पराक्रम वृद्धि हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नुहोला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । मिठो भोजन प्राप्त होला । रोकिएको काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठन कार्यमा प्रगति हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । आरोग्यता बढ्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – व्यस्तता वृद्धि हुनेछ । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा खिन्नता बढ्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।