आजको पञ्चाङ्ग एवम् राशिफल (१८ वैशाख २०८० सोमबार, १ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ वैशाख २०८० सोमबार, १ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १८ गते सोमबार तद्अनुसार सन् २०२३ मे १ तारिख बैशाख शुक्ल पक्षको एकादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव योग वणि करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ बजे र सूर्यास्त साँझ १८ः३७ बजे हुनेछ । मोहिनी एकादशी व्रत, मजदुर दिवस ।

आजको राशिफल

मेष – समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आजको दिन विशेष होसियारी अपनाएर काम गर्ने प्रयत्न गर्नुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्य पनि केही कमजोर नै रहला । प्रेमभाव वृद्धि हुनेछ भने बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – ब्यस्तता बढ्नेछ । आजको दिन आलोचकहरूले सताउन सक्छन् । सहयोग गर्नेहरू चाहिँ कमै भेटिनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने समय छ । जिम्मेवारी भने बढ्नेछ । यसका बाबजुद आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

मिथुन – शुभता बढ्ने र पराक्रम वृद्धि हुने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । साझेदारीको काममा राम्रो फाइदा हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि होला ।

कर्कट – कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । व्यापारमा पनि लाभ होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । रोकिएका काम बन्नेछन् । मिठो भोजन मील्नेछ । ख्याति फैलिनेछ ।

सिंह – आजको दिन आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । आर्थिक अभाव देखा पर्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ होला । कार्यबोझ बढ्नेछ । आफन्तसित भेटघाट होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – लगानी बढ्ने र कार्यक्षमता वृद्धि हुने समय छ । आँटले प्रतिस्पर्धीलाई हराउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । तथापि, व्यापारमा फाइदा हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – श्रमको उचित मूल्यांकन होला । आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । सहयोगीहरूले उत्साह जगाउनेछन् । रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने समय भए पनि जोखिम पनि बढ्ला । तार्किक क्षमता बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । तर, भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न मुस्किल पर्ला । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग मिल्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

धनु – आजको दिन काममा केही चुनौती देखापर्न सक्छ तर मेहनतीहरूका लागि समय फलदायी रहनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – आरोग्यता वृद्धि हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ ।

मीन – पराक्रम वृद्धि हुने र मान बढ्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । अरूलाई प्रभावित पारेर काम बनाउन सक्नुहुनेछ । नयाँ कामको प्रस्ताव आउने योग छ । तथापि, मुख्य काममा बाधा उत्पन्न हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।