आजको पञ्चाङ्ग एवम् राशिफल (१९ वैशाख २०८० मंगलबार, २ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ वैशाख २०८० मंगलबार, २ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख १९ गते मंगलबार तद्अनुसार सन् २०२३ मे २ तारिख वैशाख शुक्ल पक्षको द्वादशी तिथि उत्तरा फाल्गुनी नक्षत्र व्याघात् योग बब करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२६ मा भयो र सूर्यास्त सांझ १८ः३७ बजे हुनेछ । कोकाकोसीको संगममा मत्स्य दर्शन, त्रिपुष्कर योग १९ः०४ बजेसम्म ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय भए पनि आज तपाईंको श्रमको उचित मूल्य हात नपर्न सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् भने अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनीयतामा ध्यान पु¥याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन शुभदायी छ । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त होला । नवीन कार्य शुभारम्भ गर्ने मौका मिल्नेछ । बिनाप्रतिस्पर्धा धनलाभ हुने तथा आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । मित्रजनको साथ प्राप्त हुनेछ भने सन्तानसुख मिल्नेछ । मान, सुख तथा वर्चश्व वृद्धि हुनेछ ।

मिथुन – प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुने दिन छ । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला । अतिथिको रूपमा सम्मान पाइएला । व्यस्तता र कार्यक्षमता वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्ला ।

कर्कट – पराक्रम र आरोग्यता वृद्धि हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योगका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिएला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ने छ, ध्यान राख्नुहोला । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । कार्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । तर आज खर्च भने बढ्ने योग छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । रसरागको भाव वृद्धि तथा धनबल बढ्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

कन्या – तपाईंको महत्वपूर्ण समय आज अरुकै लागि बित्न सक्छ । अवसरवादीहरूले मौका छोप्न सक्छन् । कमजोर मानसिकताले पछि परिने योग छ, सावधान रहनुहोला । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूको साथ मिल्नेछ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । तपाईंको इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका मिल्ला । आजको दिन बोलीमा विशेष नियन्त्रण गर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिने तथा दाम्पत्यसुखमा रमाउने समय छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आजको दिन स्वास्थ्य कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय रहेकोले विशेष सचेतना अपनाउनु हितकर होला । इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । कर्मबल वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – दौडधुप बढ्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि फाइदा हुने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – सुख र शुभता बढ्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।