आजको पञ्चाङ्ग एवम् राशिफल (२० वैशाख २०८० बुधबार, ३ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० वैशाख २०८० बुधबार, ३ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख २० गते बुधबार तद्अनुसार सन् २०२३ मे ३ तारिख बैशाख शुक्ल पक्षको त्रयोदशी तिथि हस्ता नक्षत्र हर्षण योग कौलव करण आनन्दादियोगमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ बजे भयो र सूर्यास्त साँझ १८ः३८ बजे हुनेछ । प्रदोष व्रत, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।

आजको राशिफल

मेष – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने दिन छ । व्यापारमा फाइदा हुने भए पनि अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, सावधान रहनुहोला । विशेष योजना गोप्य राख्न सके दीर्घकालीन लाभ मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन मिश्रित फल दिने प्रकारको छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठन–पाठनमा प्रगति हुनेछ । विशेष जमघटमा सहभागी बन्ने अवसर मिल्ला । आज कुनै नौलो अवसर आए पनि काममा हात हाल्नुअघि सोचविचार पु¥याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – रमाइलो प्रकारको दिन छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । आम्दानी बढ्नेछ भने दाम्पत्य जीवन रमाइलो रहनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – खर्च लागे पनि दिगो फाइदा हुने काम गर्ने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । मेहनतले धेरैको मन लोभ्याउने मौका जुर्ला । जीवनशैलीमा परिवर्तन आउन सक्छ तर पुरानो गतिले पनि काम बिग्रन सक्छ । खेलकुद र भ्रमणमा रुचि बढ्ला । सुख शांति बढ्नेछ ।

सिंह – व्यवसायमा लगानी बढाउन सकिने दिन छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सचेत रहनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सन्तानको सुख प्राप्त होला । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आयआर्जन बढ्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउने योग छ । तपाईंलाई अभिप्रेरित गर्ने शुभचिन्तकहरू भेटिनेछन् । मित्रजनले कामको तारिफ गर्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्ला ।

तुला – बोलीको भरमा काम सम्पादन हुने दिन छ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । चुनौतीहरू हट्नेछन् । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । लापर्वाहीले धनमाल हराउन सक्छ, सचेत रहनुहोला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ ।

धनु – विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त होला । धन आर्जन हुने योग छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई अनावश्यक आश्वासन दिने प्रवृत्तिले दुःख पाइनेछ । दायित्व बढ्नेछ । आज विशेषगरी आर्थिक उपार्जनको काममा लाग्नु हितकर रहला ।

मकर – सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । साहसिक काम बन्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – दिन राम्रो छ । सहयोगीहरूले काममा साथ दिने र फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् । विगतको श्रमबाट धन लाभ हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम र हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायमा लाभ लिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।