सम्सराले कलाकारलाई बेलायत सयर गराउने

सम्सराले कलाकारलाई बेलायत सयर गराउने


महानायक राजेश हमाल, हास्यकलाकार दीपकराज गिरी, दीपाश्री र गायक हिमाल सागरले धेरै दर्शक तथा श्रोतालाई आफ्नो प्रस्तुतिबाट मनोरञ्जन दिलाइसकेका छन् । अब यी कलाकर्मी मनोरञ्जनका साथै आफ्ना दर्शक तथा श्रोतालाई सजग बनाउनतिर पनि लाग्ने भएका छन् । ‘मनोरञ्जनका साथै हामी आफ्ना प्रशंसकहरूलाई सजग हुनुहोस् भन्नेतिर लाग्दै छौँ । नेपालमा त यस्ता कार्यक्रममा हामीले सहभागिता जनाइसकेका छौँ अब देशबाहिर पनि जाँदै छौँ,’ सोमबार एक पत्रकार सम्मेलनमा यी कलाकारले भने ।
यी कलाकारहरू वैशाखको पहिलो साता बेलायतमा रहेका नेपालीमाझ जानेछन् र सामाजिक सन्देश बाँड्ने छन् । विदेशबाट दु:ख गरेर कमाएको रकम अनाधिकृत रूपमा गैरकानुनी बाटोमार्फत नेपाल पठाउँदा पठाएको रकम हराउने र आए तापनि कम आउनेजस्ता क्रियाकलापलाई निरुत्साहित पार्नुपर्छ भन्ने उद्देश्य यो कार्यक्रमको रहेको छ । बेलायतमा यो कार्यक्रमको आयोजना गर्दै छ सम्सरा मनी ट्रान्सफरले । सम्सराका प्रमुख राजाराम गिरी प्राय: मनी ट्रान्सफरहरू खाडी राष्ट्रतिर मात्र केन्द्रित भएको बेला आफूले बेलायतमा रहेका नेपालीलाई सजग बनाउन ‘सम्सारा शुभकमना साँझ २०६९’ सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको कुरा बताए । ‘राजारामको सोच र उद्देश्य राम्रो लाग्यो । त्यसकारणले पनि उहाँलाई साथ दिन लागेको हुँ,’ महानायक राजेश हमालले भने ।
अमेरिका, युरोप र बेलायतजस्ता मुलुकबाट नेपालमा रकम आउँदा हुण्डीमार्फत गैरकानुनी बाटोबाट आउँदा पठाउने र पाउने दुवै ठगिएका छन् । त्यसकारण यो ठगिनबाट जोगिनुहोस् भन्ने उद्देश्य नै कार्यक्रमको उद्देश्य रहेको कुरा सम्साराका प्रमुख गिरीले बताए । सम्सारा युकेले बेलायतमा चारवटा सहरमा आफ्नो शाखालाई विस्तार गरेको छ । ‘सांस्कृतिक कार्यक्रमसँगै बेलायतमा रहेका नेपालीलाई चेतना दिनु यो कार्यक्रमको मूल उद्देश्य हो । साथमा बेलायतमा रहेका सांगीतिक टोली कन्दराका विवेक श्रेष्ठ, दीपु गुरुङ र क्रान्ति आलेलगायतका कलाकारहरूले पनि सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन्,’ गिरीले जानकारी गराए ।
महानायक राजेश हमाल पहिलोपटक बेलायत जान लागेका हुन् । यो कारणले पनि यतिबेला बेलायतमा रहेका नेपाली यो कार्यक्रम हेर्नका लागि निकै आतुर देखिएका छन् । ‘नेपाली सिनेमाका महानायकले दुई-चार शब्द बोलेपछि त्यो विश्वास पनि हुनेछ । दीपक र दीपाजीले सन्देशमूलक हास्य प्रस्तुति प्रस्तुत गर्नुहुनेछ,’ गिरीले भने । लामो समयदेखि पर्यटन पेसासँग आबद्ध राजाराम गिरी सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउन र समाजलाई सन्देश बाँड्न सजिलो हुने कुरा बताउँछन् । यसकारणले पनि सम्सारा युकेले कलाकारहरूको साथ लिएको कुरा उनले स्पष्ट पारे । ‘त्यसो त नेपालीको नयाँ वर्ष बेलायतमा रहेका नेपालीले राजेश हमाल, दीपकराज, दीपाश्री, हिमाल सागर र सम्सारा युकेसँगै मनाउनुहुनेछ,’ गिरी भन्छन् ।

रञ्जनाको नखराले श्याम रनक्क
निर्देशक श्याम भट्टराई र उनकी धर्मपत्नी अर्थात् नायिका रञ्जना शर्माबीचको लुकामारी पनि बुझिनसक्नु छ । कहिले विवाह त कहिले डिभोर्स अनि कहिले फेरि एक साथ । सिनेमाको कथाजस्तै यो जोडीको फेरि नयाँ कुरा बजारमा आएको छ ।
अहिले श्याम नेपालमा छन् भने रञ्जना अमेरिकातिरै रमाइरहेकी छिन् । श्यामले नै दु:खसुख गरेर रकम जोरजाम गरिदिएपछि रञ्जना अमेरिकातिर गएकी थिइन् । तर, खोला तर्‍यो लौरो बिस्र्यो भनेजस्तै क्रमश: श्यामलाई बिर्संदै गएकी छिन् रञ्जनाले । पहिले-पहिले त फोनमा अनि फेसबुकमा पनि कुरा हुन्थ्यो रे, चाँडै र्फकंदै छु पनि भन्थिन् रे उनी । तर, अहिले न त फोनमा छिन् न त फेसबुकमा छिन् रञ्जना । श्याम भन्छन्, ‘कसैले उतै विवाह गरी रे भन्छन् त कसैले के भन्छन् ? नानाभाँतीका कुरा सुन्दासुन्दा मेरो त कानै पाकिसक्यो । अब उसैसँग नभेटी कसको कुरा पत्याउने ? ‘ श्यामले भने ।
अचम्म त श्यामलाई के लागेको छ भने रञ्जनाको फेसबुक प्/mेन्डलिस्टबाट आफ्नो नाम हटेको छ । ‘किन उनले मेरो नाम हटाइन् ? त्यो कुरा आश्चर्यमा परेको छु । त्यसो त रञ्जना फेसबुकमा पनि छैनन् आजभोलि,’ श्यामले भने ।
अमेरिकामा जे गरेर बसे तापनि श्याम स्पष्ट हुन चाहन्छन् । नेपाल र्फकने हो कि होइन ? र उनको आगामी जीवनबारे रञ्जनाको प्रस्ट विचार आएमा यता आफूलाई पनि टेन्सन हुँदैनथ्यो र आफू पनि ढुक्क हुन्थेँ । तर, कुरा अस्पष्ट हुँदा आफू दोधारमा परेको कुरा श्यामले बताए ।
दिनैपिच्छे रञ्जनाबारे खुल्न नसकेका र गलत कुराहरू सुन्दा आफ्नो काम गर्ने उत्साहमा पनि कमी आएकोमा चिन्तित छन् श्याम । ‘मानिसले त्यो समय मात्र प्रगति गर्न सक्छ जब उसको दिमागी हालतमा तनाव हुँदैन र ऊ स्पष्ट छ, दिमागभरि तनाव लिएर कसरी सिर्जना गर्न सकिन्छ ? ‘ श्यामको भनाइ छ ।
त्यसो त श्याम आफू रञ्जनाबाहेक पनि जीवन जिउन सक्ने दाबी गर्छन् । ‘म सानैदेखि जन्मदिने परिवारबाट टाढा रहेर सङ्घर्ष गरेको मान्छे हुँ । रञ्जनालाई त मैले सफलतालाई अङ्गीकार गरेपछि चिनेको हुँ । त्यसैले ऊबिना श्याम अगाडि बढ्न सक्दैन भन्ने मेरोबारेमा बाहिर चलाइएका हल्ला गलत हो । म उसको जीवन र भावी बाटोबारे स्पष्ट मात्र हुन खोजेको हुँ,’ श्यामको धारणा छ ।
विदेश गएकी श्रीमती न त सर्म्पर्कमा छिन् न त सर्म्पर्क गरेर हालचाल नै सुनाउँछिन् । यस्तो अवस्थामा स्वदेशमा रहेका श्रीमान् तनावमा हुनु अवश्य पनि नौलो कुरा होइन । ‘त्यसैले म आफ्नो जीवनको गाडी स्पष्ट भएर चलाउन चाहन्छु । दुनियाँको कुरा सुन्दा दिक्क भइसकेँ,’ श्यामले भने ।

दिक्क जिया
नेपाली सिनेमाकी हिट हिरोइन बन्ने जिया केसीको सपनामा यसपटक पनि तुषारापात भएको छ । प्लस टुको अध्ययन गर्न छाडेर सिनेमाको रङ्गीन दुनियाँमा छिरेकी जिया कामका कारणले भन्दा पनि निर्देशकहरूसँगको सङ्गतमा कारण चर्चामा आइन् । जिया जुन चलचित्रमा काम गरि्छन् त्यही निर्देशकसँग उनको नाम मुछिने गर्छ । ‘हो यही हो माया’ नामक चलचित्र यो वर्ष पनि रिलिज नहुने भएपछि जिया अहिले भन्न थालेकी छिन्, ‘कस्तो फिल्म खेलिएछ । हिरोइन भएँ भनेर भन्न पनि गाह्रो हुन थालेको छ ।’
यो सिनेमाको रिलिजपछि चलचित्र बजारमा आफ्नो ‘वाहवाही’ होला भन्ने उनको आशा अब कहिले पूरा हुने हो ? यसै भन्न सकिने अवस्था छैन । कुनै समय अघिल्लो चलचित्रबाट निर्देशक दीपक श्रेष्ठले नायिकाको भूमिकाबाट जियालाई निकालेका थिए तर पछि यी दुईबीच के कुरामा सहमति भयो थाहा भएन पछि फेरि ‘खराब हिरोइन’ भन्ने तिनै दीपकले जियालाई ‘हो यही माया हो’ मा नायिकाको रूपमा खेलाएका थिए । यो चलचित्रको काम त तीन वर्षअगाडि नै सकिएको थियो तर सिनेमा अझै रिलिज नहुँदा जियालाई लाग्न थालेको छ कि कतै आफ्नै फिल्मी क्यारियरमा खिया लाग्ने त होइन ? डरमा छिन् जिया । त्यसो त सिनेमा रिलिज नहुँदा पनि जियाले काम पाउन भने छोडेकी छैनन् । उनी अहिले ‘रुद्राक्ष’ नामक नयाँ चलचित्रको सुटिङमा व्यस्त रहेकी छिन्’ माया गर्नेहरूको कमी छैनन् । सम्बन्ध राम्रो भएपछि काम पाइँदोरहेछ,’ उनले भनिन् ।

तपाईंको दृष्टिमा
चलचित्र निर्देशन, साहित्य लेखन र समालोचन तीनै विधामा हस्ती मानिनुहुन्छ प्रकाश सायमी । विशेष गरेर चलचित्र क्षेत्रमा उहाँको उपस्थितिलाई आमचलचित्रकर्मीहरूभन्दा फरक रूपले हेर्ने गरिन्छ । बौद्धिक सर्जकको रूपले चिनिनुहुने प्रकाश सायमीले निर्देशन गर्नुभएको चलचित्र पृथ्वीमा नायक राजेश हमालले बोलेको संवाद साथीका लागि यो हात सलाम हो भने दुश्मनका लागि यो हात फलाम हो भन्ने संवाद आज पनि हिट मानिन्छ । नायक राजेश हमालको पहिचान बनेको छ यो संवाद । अवतार, पृथ्वी, रानीखोला र हतियारजस्ता चलचित्रका निर्देशक सायमीले स्टेसन मेनेजर भएर थुपै्र एफएमहरूमा पनि आफ्नो सफल उपस्थिति जनाइसक्नुभएको छ । सिर्जनाका विविध विधाका ज्ञाता प्रकाश सायमीको नजरमा जीवन र जगत् के हो ? घटना र विचारको तपार्इंको दृष्टिमा स्तम्भमा उहाँ राजन घिमिरेसँग यसरी प्रस्तुत हुनुभयो ।

० जीवन के हो ?
– एउटा असम्भव सपना ।
० प्रेम के हो ?
– अनुभौतिक स्तरको कामना तर अरूलाई हानि नगर्ने ।
० सुन्दरता के हो ?
– एउटा कम्पोजिसन जसको अस्तित्व एकत्वमा हुन्छ ।
० मन के हो ?
– एउटा मापदण्ड ।
० भावना के हो ?
– अभिव्यक्तिपूर्ण जीवन एवम् शैली ।
० विवाह के हो ?
– सामाजिक मान्यता प्राप्त वैध वेश्यावृत्ति ।
० बन्धन के हो ?
– दमनको प्राथमिक रूप ।
० अपमान के हो ?
– अस्वीकारको भाव ।
० इज्जत के हो ?
– स्वीकार र स्वीकृतिको सङ्केत ।
० बेइज्जती के हो ?
– अहम्को खोक्रो प्रदर्शन ।
० मिलन के हो ?
– सहजता र सन्तुलनको बहुलता
भएको स्थिति ।
० विछोड के हो ?
– मात्र अनुभव- तर भुल्न
सके यज्ञ !
० जवानी के हो ?
– झिल्का !
० बालापन के हो ?
– सुनौलो बिहानीको पोट्रेट ।
० तृष्णा के हो ?
– लाभ र हानिको गुणनफल ।
० रिस के हो ?
– अज्ञानताको परिणाम
० जोश के हो ?
– मानवीयताभित्र दमित पशुवत्
शक्तिको फल ।
० नसा के हो ?
– आकर्षणको खोल ।
० यौन के हो ?
– नबुझिने र नमेटिने भोक र भोग ।
० सन्तुष्टि के हो ?
– आफ्ना लागि आफैंले बनाएको प्रमाणपत्र ।
०र् कर्तव्य के हो ?
– आज्ञा र अनुशासनको आधारमा बाँचिने क्रम ।
० विश्वास के हो ?
– अरूलाई कन्भिन्स्ड् गर्ने किताबी शैली ।
० असल के हो ?
– जो समयमा स्थितिअनुरूप उपलब्ध छ ।
० खराब के हो ?
– नजानिएको सबै खराब लाग्नु नै खराब हो ।
० सबैभन्दा ठूलो धोका के हो ?
– देश घाती ।
० दु:ख के हो ?
– सफलतामा सन्तुष्ट नहुनु, यात्रामा गन्तव्य हराउनु ।
० सुख के हो ?
– समयलाई सम्मानपूर्वक बिताउन पाउनु ।
० खुसी के हो ?
– नसोचेको कुरा सोचेकोभन्दा राम्रो हुनु ।
० आनन्द केमा छ ?
– अरूकोर् इष्र्या नगर्नु ।
० मित्र को हो ?
– जसले ‘एक्लो हुँदा र कोही नहुँदा पनि म छु’ भन्छ ।
० शत्रु को हो ?
– चिन्न नसकिने मित्र नै शत्रु हो ।
० सङ्घर्ष के हो ?
– एक आयम । एक अध्ययन । एक चिन्तन ।
० प्राप्ति के हो ?
– सारा जीवनपछि पाइने अर्को जीवन ।
० आस्था के हो ?
– अनुभव र श्रद्धाबीचको सिँढी ।
०र् धर्म के हो ?
– माओले ‘अफिम’ भने पनि यो ‘गाँजा’सम्म पनि होइन ।
० नैतिकता के हो ?
– ढाकछोप गर्न मिल्ने कण्डम ।
० चरित्र के हो ?
– पूर्वजहरूको गुण र गुणांशको परिष्कृत रूप आफूमा आउनु ।
० ज्ञान के हो ?
– आफूसित अन्तरद्वन्द्व ।
० बुद्धि के हो ?
– विलासीताको प्रमाणपत्र ।
० सम्झौता के हो ?
– एउटा करार
० सृष्टि के हो ?
– अपार छ, अनन्त छ ।
० गुरु को हो ?
– जो आफूलाई एक्लो छोड्दैन । जसको सन्देश हुँदैन ।
० राजनीति के हो ?
– अवैज्ञानिक व्यवस्थापन ।
० देश के हो ?
– हाम्रो मुटुभित्रको आँखा ।
० समाज के हो ?
– शक्ति सञ्चालनको पुरानो पार्टी ।
० पद के हो ?
– लोभ र लाभको शृङ्खला जसको अन्त्य शक्तिमा छ ।
० विकास के हो ?
– पहिलेको रूपमा नयाँ चमक दिन सक्नु ।
० व्यापार के हो ?
– मुख र कलमबाट हिसाबकिताब मिलाइरहने प्रक्रिया ।
० अनुशासन के हो ?
– फेरि अर्को दमन ।