आजको पञ्चाङ्ग एवम् राशिफल (२२ वैशाख २०८० शुक्रबार, ५ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ वैशाख २०८० शुक्रबार, ५ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८० वैशाख २२ गते तद्अनुसार सन् २०२३ मे ५ तारीख शुक्रबार बैशाख शुक्ल पक्षको पूर्णिमा तिथि स्वाती नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त सांझ १८ः३९ बजे हुनेछ । पूर्णिमा व्रत, कूर्म जयन्ती, चण्डी पूर्णिमा, गौतमबुद्ध जयन्ती, गोरखनाथ जयन्ती, वैशाख स्नान समाप्ति ।

आजको राशिफल

मेष – काममा सोचेजस्तै सफलता मिल्नेछ । अग्रज व्यक्तित्वको साथ–सहयोग तथा आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । विशेष योजना गोप्य राखेर अघि बढ्दा सफलताले चुम्नेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – रोकिएका काम सम्पादन हुने समय छ । आजको दिन कसैसँग विवाद वा सामान्य झगडा हुन सक्छ, सावधान रहनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । पठनपाठन कार्यमा राम्रै प्रगति हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू परास्त हुनेछन् । समस्याको समाधान प्राप्त हुनेछ । मान मिल्ने योग छ ।

कर्कट – परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । आफूभन्दा वरिष्ठ व्यक्तित्व तथा मान्यजनसँग सुमधुर सम्बन्ध रहने छ । आर्थिक पक्ष सबल छ, व्यापारबाट फाइदा हुनेछ । आजको दिन गहना, कपडा वा धातुको कुनै बस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । सुख सुविधाका बस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखापर्ने देखिन्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – आर्थिक पक्ष सुदृढ बन्ने समय छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यमा खानपानमा नियन्त्रण गर्नुहोला । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आय बढ्नेछ । कार्यमा सफलता प्राप्त होला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । व्यवसायको चापले गर्दा प्रेमिकासँग वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन मिल्नेछ ।

मकर – कर्मबल बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुपर्नेछ । नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । आरोग्यबल बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि उत्साह र उमङ्ग रहला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद महत्वपूर्ण उपलब्धि हासिल होला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने समय छ । साझेदारीको काम बन्नेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला ।