आजको पञ्चाङ्ग एवम् राशिफल (२३ वैशाख २०८० शनिबार, ६ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ वैशाख २०८० शनिबार, ६ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख २३ गते शनिबार तद्अनुसार सन् २०२३ मे ६ तारिख ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि विशाखा नक्षत्र व्यतिपात योग बालव करण आनन्दादियोगमा शुभ योग चन्द्रमा तुला राशिमा १५ः५८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ बजे र सूर्यास्त साँझ १८ः३९ बजे हुनेछ ।

आजको राशिफल

मेष – सहयोगीहरूले राम्रै साथ दिने समय छ । दिर्घकालिन लाभको लागि लगानी बढाउन सकिनेछ । भौतिक साधन–स्रोत जुट्नाले प्रसन्नता मिल्नुका साथै रोकिएका काम बन्ने र आयआर्जनका स्रोत बढ्ने योग छ । आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ ।

वृष – आँटेको काममा सफलता मिल्ने दिन भए पनि आज खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा जबजस्र्ती लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीले विवादमा परिएला । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुने योग छ । राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – आजको दिन आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । सुख शांति बढ्नेछ ।

सिंह – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम र दाम्पत्य सम्बन्धमा सुखको अनुभूति हुने समय छ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । आफन्तसित भेटघाट होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारिक सुख वृद्धि हुनेछ । विलासमा रुचि बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – विभिन्न अवसरले पछ्याउनेछन् । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुने समय छ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । आरोग्यता वृद्धि हुनेछ । प्रतिष्पर्धीसँग लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दायित्वका साथै कर्मबल बढ्ने समय छ । व्यस्तता बढ्ला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आफन्तबाट टाढिनुपर्ने समय छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । धैर्य र विवेकका साथ काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनु सँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न हुने योग छ । कर्मबल बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तर गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । लामो यात्राको सम्भावना देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कर्मबल बढ्नेछ । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग प्राप्त होला ।

कुम्भ – नयाँ काम पाइनेछ तर आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । मिठो भोजन प्राप्त हुने दिन छ । रसरागको भाव वृद्धि होला । मनोकूलको काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – दौडधुप बढ्नेछ । पराक्रम वृद्धि होला । अरूको भरपर्दा काम रोकिन सक्छ भने हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तर बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा मिल्ला । आशा उत्साह बढ्नेछ ।