आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०८० मंगलबार, ९ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ वैशाख २०८० मंगलबार, ९ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २६ गते मंगलबार तद्अनुसार सन् २०२३ मे ९ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मूल नक्षत्र सिद्धि योग बब करण आनन्दादियोगमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२१ बजे भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । मंगलचौथी व्रत, कानुनदिवस ।

आजको राशिफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर परसेवाले प्रतिष्ठा दिलाउनेछ । कुनै नयाँ अवसर आए पनि हात हाल्नुअघि सोचविचार गर्नु हितकर हुनेछ । व्यावसायिक काममा खर्च बढ्ने योग छ । तथापि, एकपछि अर्को अवसर आउला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहला ।

वृष – स्वास्थ्य सामान्य कमजोर रहे पनि आज शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । आयआर्जन राम्रै हुने दिन छ । कुनै विशेष समारोहमा अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । मनोरन्जनका अवसर पनि जुर्लान् । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – सहयोगीहरूको भरपर्दा काम अधुरो रहने समय छ, आफै लगनशील रहनुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । तर धनलाभ तथा बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । काममा जाँगर पलाएर आउने छ । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

कर्कट – स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुमेर मन खिन्न हुन सक्छ । झमेला र झैझगडाको योग रहेकोले संयमपूर्ण व्यवहार गर्नुहोला । रुपैयाँपैसा हराउन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । धैर्य राख्नु हितकर हुनेछ । खेलकुद एवम् भ्रमणमा रुचि बढ्ला ।

सिंह – व्यवसायमा फाइदा हुने समय छ, तर काम बिग्रने डरले सताइरहनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मानसम्मानमा ठेस पुग्ने सम्भावना रहेकोले सजगता अपनाउनुहोला । सानातिना काममा समय बित्ने दिन रहेको छ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । साझेदारीको कार्य बन्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आज सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – दायित्व र व्यस्तता बढ्ने समय छ । अपेक्षाअनुरुप दिन उत्साहपूर्ण नरहन सक्छ । मुख्य काममा बाधा पुग्ने या आँटेको काम समयमा पूरा नहुने योग छ । भौतिक साधनमा पनि खराबी आउने योग छ । धेरै मेहेनतको फल भने कमै प्राप्त होला । आफन्तको सहयोग बढ्ला । शैक्षिक र रचनात्मक कार्यमा सफलता रहनेछ ।

धनु – आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने समय छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आज सहयोगीहरूले भने राम्रै साथ दिनेछन् । आजको दिन नयाँ काम सुरु गर्दा दीर्घकालिन लाभ पुग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने र साझेदारीमा राम्रो फाइदा हुने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । आज नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो नदिनु हितकर होला । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य पनि कमजोर नै रहला । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग भएकोले सावधान रहनुहोला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा पनि विवाद होला । व्यावसायिक काममा समस्या आउन सक्ने योग भएकोले सावधानी अपनाउनु हितकर होला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । स्वास्थ्य सामान्य रहला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।